नियमविपरीत सार्वजनिक स्थानमा थपिँदै व्यावसायिक साइन बोर्ड

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १० साउन/
लामो समयको प्रयास पछि टीकापुर नगरपालिकालाई ठेला खोका मुक्त नगरपालिका बनाइएको थियो ।
केही वर्ष पहिले खोका ठेला मुक्त भएको नगरपालिकाले नगरको शोभा बिग्रने गरेर कसैले व्यावसायिक साइन बोर्ड राख्न नपाइने भन्दै त्यस्ता बोर्डहरु समेत हटाएको थियो । त्यतिमात्र होइन नागरिकहरूलाई जनचेतना फैलाउने बोर्डहरु समेत सिमित क्षेत्रमा राख्ने भन्दै हटाइएका थिए । आजसम्म आइपुग्दा नगरपालिकाका सार्वजनिक स्थानहरू व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिएका साइन बोर्डहरुले भरिन थालेका छन् । सुन्दरताको लागि कसैले त्यस्ता कार्यलाई विस्थापित गर्ने र अहिले त्यसतर्फ कसैले ध्यान नदिँदा बजारको सुन्दरतामा दाग लाग्न थालेको छ ।
अहिले बजारमा मुख्य चोकहरुमा वैदेशिक अध्ययनका लागि बाहिर जानेहरुलाई सुवर्ण अवसर भन्ने शिर्षकका ठुला साइन बोर्ड ठाउँठाउँमा लगाइएका छन् । त्यतिमात्र होइन, टीकापुर अस्पताल रोडमा डेण्टल केयर होमका सडक नै छाप्ने खालका बोर्डहरु लगाइएको वर्षौं भयो । त्यसको बीचमा नगरपालिकाका पदाधिकारीहरुले कैयौंपटक बजारको अनुगमन गरे तर ती प्रचारका लागि राखिएका साइन बोर्डहरु हटाउने विषयमा कसैको पनि ध्यान गएको पाइएन ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले बजारको सौन्दर्यता हराउने गतिविधि नगरपालिकाको लागि सहि नहुने बताउँदै त्यसलाई तुरुन्तै हटाइने बताएका छन् । “हामिले कसैलाई पनि व्यावसायिक प्रयोजनका लागि सार्वजनिक स्थानमा साइन बोर्ड राख्न भनेका छैनौं । यदि राखिएको पाइयो भने त्यसलाई हामी हटाउछौं ।” नगर प्रमुख थारुले भने, “पहिला आग्रह गर्छौं । आग्रहलाई बेवास्ता गरेको खण्डमा बल प्रयोग गरेर भएपनि त्यस्ता साइन बोर्डलाई हटाउँछौ ।” उनले जसरी पनि टीकापुरलाई सुन्दरताको शहरको रुपमा स्थापित गर्नका लागि नगरपालिका लागिपरेको बताएका छन् । उनले नगरपालिकाको नियम विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
नगरपालिकाको बजार क्षेत्रमा अवैध रुपमा सञ्चालन हुँदै आएका ईन्स्टिच्युटहरुलाई समेत बन्द गरिने बताउँदै नगर प्रमुख थारुले शिक्षालाई व्यावसायिक बनाउन नहुने बताएका छन् । उनले गुणस्तर शिक्षामा आफुहरु लागिपरेको भन्दै दर्ता बिना मौसम अनुसार सञ्चालन हुने ट्युसन सेन्टरहरुको सुक्ष्म अनुगमन भैरहेको बताएका छन् । अहिले टीकापुरमा थुप्रै ईन्स्टिच्युटहरु सञ्चालनमा आएका छन् । दर्ता एक ठाउँ गर्ने तर ठाउँठाउँमा सिमित अवधी बसेर युवाहरूलाई प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा प्रेरित गर्ने काम गर्दै आएका छन् । “कसैले नियम कानुनमा रहेर राज्यलाई तिर्नुपर्ने कर तिरेर खोलिएका ईन्स्टिच्युटहरु छन् भने ठिक छ । एक ठाउँमा दर्ता भएका तर व्यावसायिक रुपमा ठाउँठाउँमा शाखा विस्तार गर्ने र राज्यलाई ठग्ने ईन्स्टिच्युटहरुलाई हामी चाडै निरुत्साहित गर्छौं ।”
नगर प्रमुख थारुले नगरपालिकाले शिक्षा नीति बनाई नसकेको बताउँदै शिक्षा नीति बनाइसकेपछी शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनमा नगरपालिका लागिपर्ने बताएका छन् । ” पनि शिक्षामा समस्या देखिएका छन् । शिक्षा नीति बनेपछि सबै समाधान भएर जानेछन् ।” नगर प्रमुख थारुले भने, “शिक्षा नीति नबन्दा सम्म पनि राज्यको निगरानी भन्दा बाहिर रहेकाको निगरानी गर्ने र शिक्षालाई व्यावसायिकबाट सर्भसुलभ बनाइने छ । र सामुदायिक बिधालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुले तिनै बिद्यार्थीलाई ट्युसन पढाउन पाउने छैनन् ।”

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *