निर्वाचन अधिकृतको कार्यालय स्थापना

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०९ बैशाख /
यहीँ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि बिहिवार स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।
टीकापुरमा पनि आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । टीकापुरका लागि निर्वाचन अधिकृतको रुपमा पुष्कर खड्कालाई खटाइएको छ । कार्यालयको उद्घाटन गर्दै निर्वाचनलाई भएरहित वातावरणमा सम्पन्न गर्नको लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार नै काम अगाडि बढाइने बताएका छन् । नापी कार्यालय टीकापुरको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ मा २ वटा मतदान स्थल र २१ वटा मतदान केन्द्र रहेका छन् । वडा नं. १ मा खड्ग स्मृति माध्यमिक बिधालय र बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिधालय रहेका छन् । खड्ग स्मृतिम माविमा ८ हजार ४ सय ३८ जना मतदाताको नामावली रहेको छ भने बिरेन्द्रमा १२ हजार ८ सय ३० जना मतदाताको नामावली रहेको छ ।
त्यसैगरी वडा नं. २ मा एउटा मतदान स्थल जनजागृती माध्यमिक बिधालय सितापुरमा रहेको छ । जसमा पाँचवटा मतदान केन्द्र रहनेछन् भने ५ हजार २ सय ९८ मतदाता रहेका छन् । टीकापुर नगरपालिका वडा नं. ३ मा दुईवटा मतदान स्थल रहेका छन् । जसमा पदमा आधारभूत बिधालय घिया र हिमालय माध्यमिक बिधालय घियापुछरी रहेका छन् । वडा नं. ३ मा ३ हजार ३ सय ४७ मतदाता रहेका छन् । वडा नं. ४ मा जनप्रकाश माध्यमिक बिधालय बाघमारा र थ्री स्टार एजुकेशन होममा मतदान स्थल कायम गरिएको छ भने ३ हजार ३ सय १२ जना मतदाता रहेका छन् ।
वडा नं. ५ मा राष्ट्रिय माध्यमिक बिधालय मनिकापुर र त्रिभुवन माध्यमिक बिधालय मौरनिया, बसन्ता मतदान स्थल कायम गरिएको छ भने ४ हजार ९ सय ५२ मतदाता रहेका छन् । वडा नं. ६ मा राष्ट्रिय माध्यमिक बिधालय बेलुवा र खड्क आधारभूत बिधालय भगवानपुरमा मतदान स्थल कायम भएको छ भने ३ हजार ५ सय १७ मतदाता रहेका छन् । वडा नं. ७ मा कर्णाली माध्यमिक बिधालय सत्ती र जनता माध्यमिक बिधालय सोनाफाटामा मतदान स्थल कायम गरिएको छ । वडा नं. ७ मा ४ हजार ६ सय ८२ मतदाता रहेका छन् । वडा नं. ८ मा राष्ट्रिय माध्यमिक बिधालय अरुणाफाटा र त्रिभुवन माध्यमिक बिधालय बट्टनपुर रहेका छन् । वडा नं. ८ मा ४ हजार २२ मतदाता रहेका छन् । वडा नं. ९ मा सेतिमैया चौधरी माध्यमिक बिधालय झुंगा एकमात्र मतदान स्थल रहेको छ भने २ हजार ४ सय ७४ मतदाता रहेका छन् ।
त्यस्तै जानकी गाउँपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा विश्वदिप बेस्रालाई खटाइएको छ । कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचन सम्पन्न भएर गणना सम्पन्न हुँदासम्मका लागि कार्यालय स्थापना गरिएको बताएका छन् । उनले आगामी दिनमा मतदाता शिक्षा लगायत निर्वाचन सम्बन्धि आचारसंहिताको विषयमा सबैसँग छलफल गरेर निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैको भुमिका रहने बताएका छन् । गाउँपालिकामा २० वटा मतदान स्थल र ४३ वटा मतदान केन्द्र रहेका छन् । जानकी गाउँपालिकाका दुर्गौलीमा रहेको सरस्वती माद्यामिक बिधालयको नवनिर्मित भवनमा स्थापना गरिएको छ ।
त्यस्तै भजनी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *