शेयेर गर्नुहोस
टीकापुर १३ कार्तिक /
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बद्रीप्रसाद भट्टराईले नवनिर्वाचित अध्यक्ष नृपराज भण्डारीलाई पदस्थापन गर्दै नयाँ कार्यसमितिका पदाधिकारीलाई पदस्थापन गरिएको हो । पदस्थापन कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले उद्देश्यलाई नछोडेकै कारण जनकल्याण सहकारीले आफ्नो गन्तव्यलाई सुनिश्चित गरेको बताएका छन् । उनले सम्भावना र चुनौतीहरु सँगसँगै हुने बताउँदै सम्भावनालाई आत्मसात गर्दै चुनौतीलाई सामना गर्न सकेपछि मात्रै त्यसले सफलता हासिल गर्न सक्ने बताउँदै त्यसको उदाहरण जनकल्याण भएको बताएका छन् । “चुनौतीलाई छेड्न सकेपछि मात्रै हामी सफलता हासिल गर्न सक्छौं । त्यसमा सफल नेतृत्वको हात महत्त्वपूर्ण रहन्छ ।” नगर उपप्रमुख शाहले भने, “संस्था रहेपछि मात्रै हाम्रो अस्तित्व रहन्छ भन्ने कुरा भुल्नु हुँदैन ।”
उनले टीकापुरको सम्भावना र समस्यालाई साझा मुद्दाको रुपमा सहकार्य गर्न आग्रह गरेका छन् । नगर उपप्रमुख शाहले सहकारी आफै सहकार्य गर्ने संस्था भएकोले पनि नगरपालिका त्यस्तो कुनै योजनका साथ आए आफुहरु सहकार्य गर्न तयार रहेको बताएका छन् । सहकारीका संस्थापक अध्यक्ष गणेश साउँदले निकै ठूलो चुनौतीबाट जनकल्याण उदाएको सहकारी भएको बताउँदै सबैको सहयोग र सहकार्यले नै सुदुरपश्चिमकै उत्कृष्ट सहकारी बनाउन सफल भइएको बताएका छन् ।
निर्वाचित अध्यक्ष भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक छविलाल जैशीले गरेका थिए । साथै सोही अवसरमा सहकारीले जनकल्याण स्मारिकाको विमोचन समेत गरेको छ ।