नृत्य प्रतियोगितामा अरनिको प्रथम

शेयेर गर्नुहोस


टीकापुर ०६ पुस /
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भएको टीकापुर महोत्सवमा भएको बिधालय स्तरीय नृत्य प्रतियोगिताको प्रथम स्थान टीकापुर स्थित अरनिको इङलिस बोर्डिङ स्कुलले हासिल गरेको छ ।
फाइनल चरणका लागि सहभागी भएका १२ बिधालयमा जेसीज पब्लिक स्कुल सत्तिले दोस्रो स्थान हासिल गरेको निर्णायक मण्डलका संयोजक राजेश परियारले जानकारी दिएका छन् । त्यसैगरी तेस्रो स्थान युनाइटेड एकेडेमी टीकापुरले हात पार्न सफल भएको छ भने, शान्त्वना त्रिपथ विद्या निकेतन टीकापुर र मार्गदर्शन एकेडेमी बौनियाले चित्त बुझाएका छन् ।
यसवर्षको महोत्सवमा टीकापुर लगायतका १९ बिधालयको सहभागिता रहेको थियो । १९ बिधालयबाट दोस्रो अर्थात फाइनल चरणका लागि १२ बिधालय छनोट भएका थिए । टीकापुर महोत्सवमा प्रत्येक वर्ष बिधालय स्तरीय नृत्य प्रतियोगिता हुँदै आएको छ । यसपटक नृत्य प्रतियोगितामा भरत भण्डारी, राजेश परियार, टीकाराम परियार र मुकेश श्रेष्ठ निर्णायकको भुमिकामा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *