नृत्य प्रतियोगितामा युनाइटेड प्रथम

शेयेर गर्नुहोस


टीकापुर ११ माघ/
सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवमा आयोजना भएको बिधालय स्तरीय नृत्य प्रतियोगितामा युनाइटेड एकेडेमी प्रथम भएको छ ।
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको बिधालय स्तरीय नृत्य प्रतियोगितामा युनाइटेड एकेडेमी प्रथम भएको हो । प्रतियोगितामा आरएमई स्कुल टीकापुर दोस्रो भएको छ । त्यसैगरी तेस्रो स्थान त्रिपथ बिद्या निकेतन टीकापुरले हात पारेको छ भने शान्त्वनामा माउण्ड सैपाल एकेडेमीले चित्त बुझाएको छ ।
महोत्सवमा माघ दुई गतेबाट पहिलो चरणको प्रतियोगिता सुरु गरिएको थियो । १८ वटा बिधालयको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम हुने बिधालयले नगद २५ हजार पाँच सय पुरस्कार प्राप्त गर्ने छ । साथै प्रमाणपत्र सहित सिल्ड प्रदान गरिने बताइएको छ । प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने बिधालयले १५ हजार पाँच सय नगर पुरस्कार सहित प्रमाणपत्र र सिल्ड प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगिताको तेस्रो स्थान हासिल गरेको त्रिपथ बिद्या निकेतनले १० हजार पाँच सय नगद प्राप्त गरेको छ भने शान्त्वना हुने माउण्ड सैपाल एकेडेमीले पाँच हजार पाँच सय नगद पुरस्कारमा चित्त बुझाएको छ । प्रतियोगितामा नृत्य निर्देशक भरत भण्डारी, मुकेश श्रेष्ठ, टीकाराम परियार र कमलराज सुवेदी निर्णायकको भुमिकामा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *