बुद्धिलब्धि प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ११ माघ/
टीकापुरमा बुद्धिलब्धि प्रतियोगिता सम्पन्न भएको छ ।
टीकापुर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजको आयोजनामा उक्त प्रतियोगिता भएको हो । शनिबार भएको प्रतियोगितामा बिरेन्द्र बिद्यामन्दिर माद्यामिक बिधालय टीकापुरका हेमन्तबहादुर साउँदले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी आरएमई स्कुलका नितेश लम्सालले द्धितिय स्थान हासिल गर्दा आरएमई स्कुलकै सिर्जल साउँदले तृतिय स्थान हाँसिल गरेका छन् । प्रतियोगितामा गणेशबाबा स्कुलका आशा बुढा, बिरेन्द्र विद्यामन्दिर माविका ममता उपाध्याय र सरस्वती मावि प्रतापपुरका जितेन्द्र चौलागाईले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितमा विभिन्न स्थान हाँसिल गर्ने विद्यार्थीलाई पुरस्कार बितरण र सहभागि विद्यार्थी तथा विद्यालयलाई सहभागिताको प्रमाण पत्र क्याम्पसको यहि माघ २२ गते हुने बार्षिकोत्सव कार्यक्रममा प्रदान गरिने छ । प्रतियोगितामा टीकापुर र लम्कीचुहा नगरपालिका, जानकी र जोशिपुर गाउँपालिकाका १३ ओटा विद्यालयका कक्षा ११ र १२ मा अध्यायनरत ४९ जना विद्यार्थीहरु सहभागि थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्र रावलले यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुको क्षमता विकास गर्ने बताएका छन् । प्रतियोगिता विषेश गरी लोक सेवा आयोगको ढाँचामा भएकाले लोक सेवा तयारी गर्ने विद्यार्थीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति किरण साउँदले प्रतियोगिता आयोजना गरेकोमा पूर्व विद्यार्थी समाज र सहभागि भएकोमा विद्यार्थीलाई धनयवाद दिएका छन् । पूर्व विद्यार्थी समाजका अध्यक्ष ईश्वर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रंगप्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन महासचिव ध्रुवबहादुर रावलले गरेका थिए ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *