शेयेर गर्नुहोस
टीकापुर २९ माघ /
नेपाली कम्युनिष्ट पार्टीले फागुन १ गते टीकापुरमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने बताएको छ ।
तत्कालीन नेकपा माओवादीको स्थापना भएको फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको माओवादीले यसपटक अनेक दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नं. १ मा जनयुद्ध दिवस मनाउने बताएको हो । पार्टीको कैलाली क्षेत्र नं. १ ले बुधबार पत्रकार सम्मेलनमा गरी उक्त कुराको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा जानकारी दिँदै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हरी श्रीपाइलीले अस्पतालमा फलफूल बितरणदेखि रक्तदान, दिप प्रज्वलन लगाएतका कार्यक्रम गरी दिवस मनाउने योजना रहेको बताएका छन् । दिवसका अवसरमा गरिने विभिन्न कार्यक्रमहरुमा सहभागि हुन समेत नेपाली कम्युनिष्ट पार्टीले सबैलाई आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा सहभागि नेपाली कम्युनिष्ट पार्टी कैलाली क्षेत्र नं. १ का उम्मेदवार रामलाल डंगौरा थारुले देशले खोजेको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी भएकाले मतदाता माझ मत माग्न सहज भएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कैलाली क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयोजक हरी ज्ञवालीले नेपाली कम्युनिष्ट पार्टीको एकताले निर्वाचनमा राम्रो परिणाम आउने अपेक्षा गरेको बताए ।










