शेयेर गर्नुहोस
टीकापुर ०५ पुस /
नेपाली कम्युनिस्ट पार्टीको टीकापुर नगर एकता सन्देश सभा शनिबार सम्पन्न भएको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रका टीकापुर नगर अध्यक्ष धनसिंह साउँदको अध्यक्षतामा भएको नगरको पार्टी एकता सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य नेपबहादुर चौधरीले देशको विकास र समृद्धिका लागि बिचार मिल्नेहरु एक ठाउँमा उभिएर जानुको विकल्प नरहेको बताएका छन् । उनले जनताको भावनाअनुरूप काम पार्टी जनताले राम्रोसँग बुझेको भन्दै देशले निकास पाउनको लागि पनि कम्युनिस्ट एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य हरि ज्ञवाली, विशिस्ट अतिथि रहेका थिए । भने पार्टीका केन्द्रिय सदस्य रुपा चौधरी, तिलक परियार, पार्टीका नेता प्रेम साउँद, सुर्यचन्द्र भट्टराई, भैरव रावल, दिपक रावल, तेजुलाल चौधरी लगायतले मन्तव्य राखेका थिए ।
प्रदेश तथा जिल्ला स्तरका नेताहरूको सहभागिता सहित हजारौंको सहभागिता रहेको उक्त कार्यक्रमको स्वागत प्रकाश टमट्टाले गरेका थिए भने सञ्चालन झपट बहादुर सोडारीले गरेका थिए ।











