नोबेलको १५ औं वार्षिक साधारण सभा

शेयेर गर्नुहोस


टीकापुर २९ पुस /
नोबेल बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष डा. लालसिंह टमट्टाको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा सुदुरपश्चिम प्रदेशका सांसद ललिता सुनारले सहकारी संस्था स्थानीय आर्थिक अवस्था कम्जोर भएकाहरुका लागि बैंकको भुमिकामा रहेको बताएकी छन् । उनले ठुलो बैंकहरुले सानो लगानीकर्तालाई विश्वास नगर्ने गरेको बताउँदै साना लगानीकर्ताको लागि सहकारी नै बैंक भएको बताएकी हुन । “सहकारीमा हाम्रो लगानी हुन्छ । हामी नै सहकारीको मालिक हौं । उनले भनिन्, “मालिक भएर मालिकको जस्तो व्यवहार चाहिँ हुनुपर्छ ।” उनले सहकारी प्रती नागरिकस्तरमा नकारात्मक कुराहरू प्रचार बढी भएको बताउँदै समुदायका सबै सहकारीको अवस्था एउटै नभएको बताएकी छन् ।
सहकारी संस्थामा गत आर्थिक वर्ष २०८०/०८० असार मसान्तसम्मको चार करोड ४९ लाख ७६ हजार ६ सय ७८ रुपैयाँ १८ पैसा बराबरको आयव्यय सार्वजनिक गरेको छ । सहकारी संस्थाको गत आर्थिक वर्षसम्म सेयर पुँजी ९५ लाख २८ हजार एक सय रुपैयाँ पुगेको छ । त्यो भन्दा अघिल्लो वर्षको तुलनामा सहकारीको सेयर पुँजी घटेको छ । आर्थिक वर्ष २०७८/०८९ मा सहकारीको कुल पुँजी एक करोड १४ लाख एक हजार रहेको थियो । “हामीले ऋण लिएका सेयर सदस्यहरुसँग ऋण असुलीको लागि कठोर भएपछि केही सेयर सदस्यहरुले सेयर पुँजीलाई लगानीमा चुक्ता गर्दा सेयर पुँजी घटेको हो ।” सहकारीका व्यवस्थापक नरेन्द्र टमट्टाले भने ।
सहकारीले तीन करोड ९३ लाख चार हजार ६ सय पाँच रुपैयाँ ऋण लगानी गरेको छ । गत आर्थिक वर्षमा सहकारी संस्थाको खुद नाफा ७१ हजार ६ सय ७४ रुपैया पाँच पैसा कमाएको छ । त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा सहकारीले एक लाख ५१ हजार ७ सय ७६ रुपैयाँ २१ पैसा खुद नाफा कमाएको थियो । सहकारी संस्थाको १५ औं साधारण सभाले सेयर सदस्यहरुको परिवारको २०७९ को एसइईमा उत्कृष्ट अंक ल्याउने सियोनसिंह टमट्टालाई सम्मान गरेको छ । उनले एसइईमा ३ दशमलव ३ जिपिए ल्याएका थिए । त्यसैगरी सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा पदमबहादुर टमट्टा, नरबहादुर टमट्टा र डिक्रम चौधरीलाई पुरस्कृत गरेको छ भने उत्कृष्ट कारोबारीको रुपमा भिक तिरुवालाई पुरस्कृत गरेको छ ।
सहकारीले जेष्ठ सदस्य तेजबहादुर तिरुवा र टेकबहादुर टमट्टालाई समेत सम्मान गरेको छ । सहकारी संस्थाका सञ्चालक समिती सदस्य जगतसिंह विश्वकर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव नारायण विश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *