न्युलाइटको ३२ औं वार्षिकोत्सब कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर ०९ फागुन /
न्युलाइट एजुकेशन होमको ३२ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी सपकोटाको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर नगरपालिका शैक्षिकको हब रहेको बताउँदै न्युलाइट स्कुलले शैक्षिक क्षेत्रमा अब्बल विद्यालय रहेको बताएका छन् । उनले टीकापुरको शैक्षिक अवस्थालाई सुधार गर्न टीकापुरका सम्पुर्ण शैक्षिक संघसंस्था, संगठन लगायत टीकापुरका व्यक्तिहरुले सकारात्मक सोच लिएर अगाडि बढे मात्र टीकापुर शैक्षिक अवस्थालाई सुदृढ गर्न सकिने समेत बताएका छन् ।
“टीकापुर पहिलेदेखि नै शैक्षिक नगरीको रुपमा चिनिएको क्षेत्र हो । यसलाई आज पनि त्यसैअनुसार टीकापुरलाई कैयौंले चिन्ने गरेका छन् ।” नगर प्रमुख थारुले भने, “अझै शैक्षिक क्षेत्रको विकासका लागि संस्थागत र सामुदायिक बिधालयलाई बलियो बनाएर अगाडि बढ्नुको साथै प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।” उनले शैक्षिक गुणस्तरको हिसाबले सामुदायिक बिधालय भन्दा संस्थागत बिधालय अगाडि रहेको बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका सदस्य युवराज शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक दिपक के.सी. ले गरेका थिए । वार्षिकोत्सबको अवसरमा बिधालयमा आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो भने समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *