शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २१ बैशाख /
कैलालीको सेती प्रादेशिक अस्पताल भन्दा पछिको महत्त्वपूर्ण अस्पताल हो टीकापुर अस्पताल । कैलालीका पुर्बी क्षेत्रका छ स्थानीय तहका नागरिकहरूलाई स्वास्थ्य सेवा लिदै आएका छन भने बर्दियाका केही स्थानीय तहका नागरिकले प्रत्यक्ष स्वास्थ्य लाभ लिदै आएका छन ।
अस्पतालले पटकपटक नजिकका स्थानिय तहसंग अस्पतालमा आइसियु संचालनकालागी समन्वय गर्यो तर आश्वासन सबै स्थानिय तहका प्रमुखहरुबाट आएपनी कुनै काम हुन सकेन । स्थानीय तहले अस्पताललाई सहयोग गरेको भए अहिलेको महामारीमा आइसियुका लागि बिरामीले तडपिनु पर्ने थिएन । जुन महसुस अहिले स्थानिय तहले पनि गर्न थालेका छन । साधनस्रोत भएपनी जनशक्ति अभावका कारण अस्पताल पुर्ण हुन सकेको छैन । अस्पतालले स्थानीय तहसंग समन्वय गरेर जनशक्ति थप्ने प्रयत्न गरेपनी त्यसको बेवास्ता हुदा त्यसको प्रत्यक्ष मारमा नागरिक परेका छन ।
अस्पताल बिकास समितिले गत आर्थिक बर्षमै अस्पतालमा आइसियु र थप विशेषज्ञ सेवा संचालनका लागि स्थानिय तहसंग समन्वय गरेको थियो । टीकापुर नगरपालिकाको पहलमा भएको छलफलमा जानकी, जोशिपुर, महुन्याल गाउँपालिका र भजनी नगरपालिकाले सहयोग गर्ने आश्वासन दिएको भएपनी स्थानिय तहले दिएको आश्वासन आफ्नो बजेटमा समावेश गर्न सकेनन् । जस्को असर अहिले तिनै स्थानीय तहका नागरिकहरुले भोग्नु परेको छ । “हामी पुर्बाधारमा ठिक छौ । चाहिने जनशक्ति हो । त्यसैको लागि अस्पतालको सेवासंग जोडिएका स्थानिय तहसंग छलफल गरेका थियौ ।” अस्पताल बिकास समितीका अध्यक्ष दिपक रावलले भन्नुभयो, “छलफल छलफलमै सिमित रहदा आइसियु संचालन हुन सकेन । अहिले आइसियु नपाएरै नागरिकले ज्यान गुमाउनु परेको छ ।”
उहाँले स्थानीय तहसंग विशेषज्ञ सेवाका लागि र आइसियु संचालनकालागी पहल भएपनी आश्वासन भन्दा अरु सफलता हासिल गर्न नसकिएको बताउनुभएको छ । “टीकापुर नगरपालिकाले दुईजना विशेषज्ञ ब्यबस्थापन गरेको छ । अन्य स्थानिय तहले पनि एकएक जना विशेषज्ञ ब्यबस्थापन गर्नसके नेपालगन्ज धनगढी उपचारकालागि नागरिकहरुलाई जानुपर्ने बाध्यताको अन्त्य हुन्थ्यो ।” अध्यक्ष रावलले भन्नुभयो, “हामिले अत्यावश्यक सेवा टीकापुरबाटै दिन सक्नुपर्छ भनेर पहल गरेका हौ । अस्पताल आर्थिक अपांग छ । अपांग अस्पताललाई उपचार गर्न स्थानिय तहले सहयोग गरे दौडाउन सकिन्छ ।” प्रदेश सरकारले अस्पतालकालागी चालू आर्थिक बर्षमा राम्रो सहयोग गरेको भएपनी संघीय सरकारबाट कुनै सहयोग र समन्वय हुन नसकेको बताउदै अध्यक्ष रावलले जनप्रतिनिधिहरु आफ्ना नागरिकको स्वास्थ्यमा गम्भीर नभएको गुनासो गर्नुभएको छ ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले अस्पताललाइ गाउँपालिकाले सहयोगका लागि कार्यपालिकामा छलफल भइरहेको बताउनुभयो । उहाँले कैलालीकै दोस्रो ठूलो अस्पताल टीकापुर अस्पताल भएको बताउदै त्यसको बिकास भए आफ्ना नागरिकले नजिकबाट स्वास्थ्य सेवाको अनुभुती गर्न सकिने भन्दै गाउँपालिकाले सिकलसेल एनेमिया रोगको विशेषज्ञका लागि सहयोग गर्नेगरि छलफल भइरहेको बताउनुभएको छ । “गाउँपालिकाले अस्पताललाई सहयोग गर्दैन भन्ने छैन्न । तर अस्पतालले पनि सबै पालिकाका नागरिकहरुलाई एउटै व्यबहार देखाउन जरुरी छ ।” गाउँपालिकाका अध्यक्ष चौधरीले भन्नुभयो, “अस्पतालमा बिरामीलाई हेर्ने दृस्ठिकोण र प्राथमिकतामा केही तलमाथि हुँदै आएको अनुभुती हामिले गरेका छौ । त्यस्को सुधार गरेर स्वच्छ मनले प्रस्ताव ल्याउनसके गाउँपालिका अस्पतालसंग समन्वय गर्न कहिल्यै पछाडी पर्ने छैन ।”
अस्पतालले फेरि पनि यो महामारीको सामना गर्न लम्कीचुहा, भजनी नगरपालिका र जानकी, जोशिपुर, बर्दगोरिया गाउँपालिकालाई जनशक्ति सहयोगका लागि पत्राचार गरेको छ ।