पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै टीकापुरमा धर्ना

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ३०भदौ/
दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारवाहीको माग गर्दै टीकापुरका पत्रकारहरुले ईलाका प्रशासन कार्यालय टीकापुरमा धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा भएको धर्ना कार्यक्रममा पत्रकारहरुले दोषीलाई कार्वाहीको माग गर्दै आधा घण्टा धर्नामा दिएका हुन। नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीले पछिल्लो समयमा पत्रकार र संचार गृह माथी भइरहेका घटनाको निन्दा गर्दै दोषीलाई कार्वाहीको गरिनुपर्ने बताएका छन। उनले प्रहरीको प्रबक्ताले दिएको आधिकारिक धारणालाई पत्रकारले समाचार बनाउनुमा कुनै गल्ती नभएको भन्दै यदि गल्ती नै भएपनी कानुनी प्रक्रिया अपनाउनुको साटो संचार गृह मै गएर गुण्डागर्दि सैलिमा आक्रमण गर्नु निन्दनिय भएको बताए। उनले दोसिलाई कार्वाही नभए देश ब्यापी रुपमा आन्दोलन चर्काउने बताए।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्र पार्सद गणेश चौधरी , मातृकाप्रसाद तिमिल्सिनाले समेत आफ्नो धारणा राखेका थिए। बोल्ने बक्ताहरुले आक्रमणमा संलग्नलाई यथाशीघ्र कार्वाहीको दाएरामा ल्याउन प्रहरी प्रशासनलाई माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *