परिक्षा केन्द्र भजनीमै हुनुपर्ने भन्दै ज्ञापनपत्र

शेयेर गर्नुहोस


भजनी १२ चैत /
टीकापुर स्नातक तहको परिक्षा केन्द्र सारेको भन्दै बिद्यार्थीले आपत्ति जनाएका छन् ।
महुन्याल बहुमुखी क्याम्पसमा हुँदै आएको परिक्षा घोडाघोडी बहुमुखी क्याम्पस सुखड तथा टीकापुरमा सारिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पसले आपत्ति जनाउँदै भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्फत ज्ञापनपत्र बुझाएका हुन ।
संगठनकी अध्यक्ष सदिक्षा चौधरीद्वारा जारी गरिएको बिज्ञाप्तिमा परिक्षा केन्द्र यथास्थितिमा महुन्याल बहुमुखी क्याम्पसमै निर्धारणका लागि नगरपालिकालाई ध्यानाकर्षण गराइएको छ । सहज यातायातको सुविधा नहुनु र बाध्यात्मक अवस्थामा परिक्षाकै लागि कोठा बाडामा लिएर बस्नुपर्ने बाध्यता रहेको भन्दै क्याम्पसमा अति विपन्न, बाढी पीडित, मुक्त कमैया, सुकुम्बासीका छोराछोरीको अध्ययन गर्ने क्याम्पस भएकाले पनि टाढा गएर बस्न सक्ने स्थिति नरहेको पनि बिग्याप्तिमा उल्लेख गरिएको छ । बिज्ञाप्तिमा बिद्यार्थीको मागलाई बेवास्ता गरे थप कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ् ।

ताजा खबर

तीन हजार बढीले बनाए राहदानी

७ परिवारलाई राहत सामग्री वितरण

मुक्तकमैयालाई परिचयपत्र वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *