परियोजनाको अनुगमन कार्यक्रम

शेयेर गर्नुहोस


भजनी ०३ भदौ /
कैलालीको भजनी नगरपालिका सञ्चालित परियोजनाको अनुगमन गरिएको छ ।
भजनी नगरपालिका वडा नं. १,७ र ९मा सञ्चालनमा रहेका विभिन्न परियोजनाहरूको अनुगमन गरिएको हो । वल्र्डभिजन इन्टरनेशनल नेपालसँग साझेदारीमा बाल कल्याण संघ टिकापुर र दिगो विकास समाज भजनिको आयोजनामा सञ्चालित परियोजनाहरूको अनुगमन गरिएको थियो ।
भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीको संयोजकत्वमा गएको अनुगमन टोलीले आयआर्जन, बाल उत्थान, बाल संरक्षण, सामुदायिक संलग्नता, स्पोन्सरसिप, अभिभावक शिक्षा, कृषि उत्पादन समूह, बाल अधिकार समिति , चर्रा रैथाने हाट बजार र बालमैत्री स्थानीय शासनअन्तर्गतका विभिन्न गतिविधिहरूको स्थलगत अवलोकन गरेको छ ।
स्थानीयले अनुगमन टोलीसंग बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण र दुर्व्यसन अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। साथै हाट बजार र कान्द्रा नदीमा तटबन्ध विस्तार गर्नुपर्ने स्थानीयको माग रहेको छ।
त्यसैगरी, कृषि क्षेत्रमा उत्पादन बढाउने उद्देश्यले दिगो विकास परियोजनाअन्तर्गत हरियाली ताजा तरकारी उत्पादन समूहको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ। तर, बजार व्यवस्थापन र ढुवानीमा समस्या देखिएको भन्दै स्थानीयहरूले कृषि एम्बुलेन्स र तराजु सहितको कृषि संकलन केन्द्र स्थापना गर्न माग गरेका छन्।
अनुगमन टोलीले संकलित सुझाव र आवश्यकताहरूलाई पालिका र सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयन गरिने जनाएको छ।
अनुगमन टोलीमा नगर प्रमुख चौधरीसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलाश थारु, पालिकाका शाखा प्रमुख कृषि शाखा सुशोभन अधिकारी, महिला तथा बालबालिका शाखा रिजु चौधरी,शिक्षा शाखा पंख बहादुर शाह,विपत शाखा विष्णु प्रसाद न्यौपाने र पशु सेवा शाखा हरिलाल जैशी बाल कल्याण संघका सरस्वती बुढा , धनसरा विक र दिगो विकास समाज भजनीबाट विनोद शाह र प्रेम राज पाण्डेय लगायत सहभागी थिए।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *