पाँच दिने तालिम सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी २४ चैत /
बाल क्लब बाल सञ्जाल र अन्य बालबालिकालाई पत्रकारिता सम्बन्धि पाँच दिने आधारभूत तालिम बिहीवार सम्पन्न भएको छ ।
भजनी नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखाको आतोजनामा चैत २० गतेबाट सुरु भएको उक्त तालिममा भजनी नगरपालिका वडा नं. ९ वटै वडाका बालबालिकाको प्रतिनिधिमुलक रुपमा २५ जनाको सहभागीता रहेको थियो ।
भजनी नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी चन्द्र देव भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीको तर्फबाट सुस्मा बोहराले पत्रकार नाम सुनेको भएपनि तालिम पहिले आफुलाई पत्रकारले खेल्ने भुमिकाको बारेमा सिकेको जानकारी दिएकी छन् । उनले अब आफुले पनि अवसर पाएको खण्डमा पत्रकारले खेल्ने भुमिका निभाउन सकिने बताएकी छन् ।
कार्यक्रममा समाधान न्युज दैनिकका सम्पादक झलनाथ खनाल, युग दर्पण साप्ताहिकका सम्पादक जयबहादुर बुढा तालिमका प्रशिक्षक एकेन्द्र तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन जयकला सार्कीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

ताजा खबर

“आमा: अनन्त माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *