शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर ३० भाद्र/शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक संघर्ष समिति कैलालीले पाँचवटा स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ ।
देशैभरिका सामुदायिक विद्यालयमा मावि र निमावि तहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरुले गत आर्थिक वर्षको रकम नपाएको भन्दै स्थानीय तहमार्फत् शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् । शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रमबाफतको रकम सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमार्फत स्थानीय तहको खातामा गत आर्थिक वर्षभित्रै आइसक्नु पर्ने रकम आर्थिक वर्ष सकिएको दुई महिना पूरा हुनै लाग्दासमेत रकम प्राप्त नभएको भन्दै खाइपाइ आएको उक्त तलबभत्ता यथाशीघ्र उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाइएको संयोजक गणेशराज शाहीले बताएका छन् । टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका र जोशीपुर र जानकी गाउँपालिकाको शिक्षा शाखामा ज्ञापन त्रत्र बुझाइएको हो ।