पुर्ण खोप सुनिश्चितता वडा घोषणा

शेयेर गर्नुहोस


भजनी २३ जेठ/
भजनी नगरपालिका वडा नं. १ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।
एक कार्यक्रमको आयोजना गर्दै वडालाई पुर्ण खाेप शुनिश्चितता तथा दिगाेपना वडा घाेषणा गरिएको हो । वडा नं.१ मा रहेको भजनी प्राथीक स्वास्थ्य केन्द्रमा वडा अध्यक्ष धर्नेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भुमीका महत्त्वपूर्ण रहने बताएका छन् । “गाउँघरमा महिला स्वस्थ्य स्वयंसेविकाहरुको अहिले पनि निकै महत्त्वपूर्ण छ । त्यसमा पनि वडालाई पुर्ण खोप सुनिश्चिततामा खेलेको भुमिका झम महत्त्वपूर्ण छ ।” उनले भने, “आगामी दिनमा पनि समाजमा प्रभावकारी भुमिका खेल्नेमा आशावादी छौं ।”
सोही अवसरमा महिला स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता समेत हस्तान्तरण गरिएको छ । कार्यक्रमको सञ्चालन भजनी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी जित चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *