पुर्ब सन्ध्यामा सरसफाइ कार्यक्रम

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ११ असोज
/ डल्फिन , जलचर तथा जैविक विविधता संरक्षण नेपालले विश्व पर्यटन दिवसको पुर्व सन्धामा बाढी बाट हिलोमाटो भरिएर फोहर भएको श्री कालिका आधारभुत बिधालय भजनी नगरपालिका वाड नंः ८ काढाढिक पुर्ण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
कैलाली जिल्ला कै सबै भन्दा बाढी प्रभावित क्षेत्र भजनी नगरपालिका वार्ड नं.८ काढाँढिकको कलिका आधारभूत बिदालय कक्षा कोठामा पुरै हिलोमाटो ले दुर्गन्धित भएको रहेछ हामी थाहा पायौ सबै संरक्षणकर्मी गइ बिदालय सरसफाइ गरौं डल्फिन , जलचर तथा जैविक विविधता संरक्षण नेपालकी कोषाध्यक्ष कृष्णा चौधरीले बताउनु भयो । बिदालय को चार वटा भवन मध्ये बिश्व पर्यटन दिवसको अवसरमा एउटा भवन आज सरसफाइ भयो अब बाकी ३ वटा भवन भोली सरसफाइ गरिने चौधरी बताउनु भयो।
डल्फिन , जलचर तथा जैविक विविधता संरक्षण नेपाल अध्यक्ष भोज राज ढुंगानाको नेतृत्वमा भएको सरसफाइ कार्यक्रम भजनी नगरपालिका वार्ड नं.८ वडा सदस्य कृष्ण लाल धमाला, बाढी पीडित सङ्घर्ष समिति संयोजक अजय तिमिल्सेना , बिदालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश पाण्डे, समाज सेवी एबम संरक्षणकर्मी धिरज बिक लगायत ५० जना संरक्षणकर्मीको सहभागीता रहेको कुरा डल्फिन , जलचर तथा जैविक विविधता संरक्षण नेपाल महा सचिव जय प्रसाद ढुंगानाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *