पुस्तकालयको सल्लाहकारमा भारद्वाज

शेयेर गर्नुहोस


भजनी २४ पुस /
जनता सामुदायिक पुस्तकालय भजनीमा नयाँ व्यवस्थापन समिती चयन भएसँगै निवर्तमान अध्यक्ष हेमेन्द्र भारद्वाजलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
पुस्तकालयका नवनिर्वाचित अध्यक्ष ज्ञान राज बिनाडीको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष भारद्वाजलाई सल्लाहकारको जिम्मेवारी दिइने निर्णय गरेको हो । त्यसैगरी डम्बर खड्का, नवराज मिश्र, डम्बरनाथ मिश्र, अर्जुन चौधरी, बासुदेव बिनाडी र राजेन्द्र खनाललाई पनि सल्लाहकार सदस्यको रुपमा मनोनीत गर्ने निर्णय नयाँ कार्यसमितिले गरेको छ ।
समितिको बैठकले मनोनीत गर्नुपर्ने तीनजना कार्यसमितिका पदाधिकारीलाई समेत मनोनीत गरेको छ । जसमा हेमन्त मण्डव्य, टेकराज जोशी र अमृता चौधरी रहेका छन् ।
पुस्तकालयको आठौँ वार्षिक साधारण सभाबाट पुस १९ गते विनाडी अध्यक्षमा निर्वाचित भएका थिए । ।
त्यस्तै उपाध्यक्षमा दिपक राज जैशी, सचिबमा डिल्ली राज देवकोटा (जैशी, कोषाध्यक्ष कर्ण बहादुर शाह, सहसचिबमा शान्ता साउँद निर्वाचित भएका थिए । सदस्यमा मोहन लामा, केशब परियार, प्रयाग राज रेग्मी, टिकाराम जोशी, पदम राज जैशी, नृप बोगटी निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *