प्याब्सनको अध्यक्षमा बुढा चयन

शेयेर गर्नुहोस


भजनी ०५ पुस /
निजि तथा आवासीय बिधालय अर्गनाइजेसन (प्याब्सन) भजनी स्थानीय पालिकाको अध्यक्षमा मदरल्याण्ड इङलिस बोर्डिङ स्कुलका संस्थापक खडक बुढा चयन भएका छन् ।
भजनी स्थानीय पालिकाको बिहिवार भएको चौथो अधिवेशनले बुढाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै कार्यसमिति सचीवमा मोती साउँद चयन भएका छन् भने कोषाध्यक्षमा रजाफ खान चयन भएका छन् । समितिको सदस्यमा जंगबहादुर चौधरी र कर्ण खड्कालाई ल्याइएको छ ।
प्याब्सन अध्यक्ष राज बुढाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवा रहेकी थिइन । कार्यक्रमको सञ्चालन अनिता चौधरीले गरेकी थिइन ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष केशब बुढा, प्याब्सनका प्रदेश, जिल्ला र विभिन्न पालिकाका पदाधिकारीको सहभागिता रहेको थियो । साथै शैक्षिक सत्र २०८० को एसइई परीक्षामा भजनी नगर पालिका भित्र सर्वोत्कृष्ट नतिजा पाप्त गर्ने विद्यालयलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *