शेयेर गर्नुहोस
टीकापुर १७ माघ /
निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सनको नवौं अन्तरविद्यालय प्याब्सन रनिङ कप २०८० सुरु भएको छ ।
टीकापुर नगरपालिकाले प्रायोजन गरेको कार्यक्रमक्क आयोजना प्याब्सन स्थानीय कार्यसमिति टीकापुरले गरेको छ । कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगाैरा थारुले टीकापुर नगरपालिका भित्र सामुदायिक र निजि विद्यालय थुप्रै रहेको बताउँदै सामुदायिक विद्यालय र निजि विद्यालय तुलनामा निजि विद्यालयहरुको पठनपाठन राम्रो हुने गरेको बताएका छन् । उनले टीकापुर नगरपालिकालाई साच्चिकै शिक्षाको हब बनाउने हो भने सामुदायिक विद्यालयहरुले निजि विद्यालयहरुसँग पाठ सिक्न जरुरी रहेको समेत बताए । “हामीलाई आफैले दिएको शिक्षाको भरोसा छैन । अनि कसरी शिक्षा गुणस्तरीय हुन्छ ?” उनले भने “यदि हामी आफुले दिएको शिक्षामा भरोसा गर्छौ भने सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकशिक्षिकाहरुले आफ्ना बालबालिकाहरुलाई आफु अध्यापन गर्ने विद्यालयमा पढाउनुस ।”
नगर प्रमुख थारुले भने शिक्षालाई काखा र पाखा गर्ने नैतिकतालाई परिवर्तन गर्न जरुरी रहेको समेत बताएका छन् । साथै उनले प्याब्सनको रनिङ कपलाई आउँदो आर्थिक वर्षदेखि नगरपालिकाको वर्षिक कार्यक्रम अन्तर्गत सञ्चालनगर्ने प्रतिवद्वता समेत व्यक्त गरेका छन् । कार्यक्रममा टीकापुर अस्पतालका अध्यक्ष झपट बहादुर सोडारीले खेल स्वास्थ्यका लागि अति आवश्यक रहेको बताउँदै खेल स्वास्थ्यका लागि मात्र नभइ राष्ट्रका लागि पनि त्यति नै आवश्यक रहेको बताएका छन् । उनले विद्यार्थीहरुमा भएका क्षमतालाई प्रष्फुटन गर्नका लागि खेल जगत राम्रो माध्यम भएको बताउँदै खेल जगतलाई आफ्नो जिवन बनाउने विद्यार्थीहरुका लागि लाभदायक रहेको समेत बताए ।
कार्यक्रममा प्याब्सन भजनी नगरपालिकाका अध्यक्ष राज बुढा, प्याब्सन लम्कीका प्रमुख सल्लाहकार गोविन्द शाह, प्याब्सन पुर्व सदस्य भिमराम चपाई, प्याब्सन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष डम्बरबहादुर सोडारी, प्याब्सन जिल्ला अध्यक्ष टोपेन्द्र शाह, एन प्याब्सनका केन्द्रिय सदस्य तेजराज खनाल, प्याब्सन केन्द्रिय सदस्य योगेन्द्र हमाल लगायतले शुभकामना मन्यव्य दिएका थिए ।
टीकापुर नगरपालिका भित्र संचालित प्याब्सनका ३२ वटा विद्यालयहरु मध्य प्रतियोगितामा २५ वटा विद्यालयहरु सहभागी भएका छन् । माघ १६ गते शहिद दिवसको अवसर पारी सुरु भएको कार्यक्रम माघ १९ गते सम्म संचालन हुने जानकारी दिएको छ ।
रनिङ कपको उद्घाटन सत्रमा पहिलो खेल केक मिटिङ्ग खेल रहेको थियो जसमा सहभागी विद्यालयहरु मध्य १९ विद्यालय खेलमा सहभागी रहेका थिए । केक मिटिङ्ग खेलमा गार्डेन इङलिस बोर्डिङ स्कुलका विक्रन्त मगरले तेस्रो स्थान हसिल गरेका छन् भने दोस्रो स्थानमा रामजानकी इङलिस बोर्डिङ स्कुलका सुमन दास र प्रथम स्थानमा नाइल इङलिस बोर्डिङ स्कुलका दिलिप रोकाया रहेका छन् ।
प्याब्सन नगर कमिटीका अध्यक्ष मान बहादुर थापाको अध्यक्ष्ातामा भएको कार्यक्रमको स्वागत नगर कमिटी उपाध्यक्ष देवेन्द्र शाहले गरेका थिए भने सञ्चालन सचिव रमेश बहादुर शाहीले गरेका थिए ।