शेयेर गर्नुहोस
टीकापुर २४ साउन /
झण्डै तीन दशक शिक्षण पेशामा बिताएका खड्ग स्मृति माद्यामिक बिधालय टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावलको बिदाई गरिएको छ ।
एक दशक लामो समयसम्म बिधालयको प्रधानाध्यापक भएर कार्य गरेका रावलले अनिवार्य अवकास पाएसँगै बिधालय प्रशासनले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको हो । बिदाई कार्यक्रममा बोल्दै रावलले आफुले राम्रो गरे नगरेको अरुले मुल्यांकन गर्ने भन्दै आफुले जानाजान नराम्रो नगरेको बताएका छन् । “शिक्षण पेशामा हुँदा राम्रो कति गरे त्यो मैले भन्ने कुरा होइन ।” उनले भने, “म दाबीका साथ भन्न सक्छु मैले जानीजानी नराम्रो गरेको छैन ।”
२०४९ सालमा शिक्षण पेशामा आबद्ध भएका रावलले नेपाल तथा भारतबाट शिक्षा आर्जन गरेका थिए । २०७१ सालदेखि खड्ग स्मृतिमा प्रधानाध्यापकको भुमीका रहेका उनले त्यसभन्दा पहिले हिमालय माद्यामिक बिधालय घियामा जिम्मेवारी सम्हालेका थिए । माद्यामिक तह दोस्रो श्रेणीका शिक्षक रावले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा आफुले सकेको सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । “आगामी दिनमा पनि मैले सक्ने कामहरूमा मेरो सधैं साथ र सहयोग रहने छ ।” उनले भने, “औपचारिक रुपमा टाढा भए पनि अनौपचारिक रुपमा बिधालयसँगको सम्बन्ध सधैं रहिरहने छ ।”
कार्यक्रममा प्रधानाध्यापक रावलले सफलता हासिल गर्नका लागि धेरै संघर्षहरु गर्नुपर्ने भन्दै बिद्यार्थीहरुलाई एकाग्रता भएर अध्ययनमा निरन्तर लाग्न आग्रह गरेका छन् । अहिले देखि नै दत्तचित्त भएर आफ्नो कार्यमा लाग्न सकिएन भने भोलि निकै पछुतो हुने बताउँदै रावलले बिद्यार्थीहरुलाई शिक्षा ध्यान दिएर लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले टीकापुरको शिक्षा क्षेत्रमा रावलको भुमिका अविस्मरणीय रहेको बताउँदै आगामी दिनमा शैक्षिक क्षेत्रको सुधारका लागि रावलको बिज्ञतलाई नगरपालिकाले प्रयोग गर्ने बताएका छन् । शिक्षा अधिकृत रावलले एक कार्यकाल नगरपालिकाको शिक्षा समितिमा रहँदा रावलले गरेको कामको प्रशंसा गर्दै त्यसबेला उनको सक्रियतामा धेरै काम भएको बताएका छन् ।
त्यसैगरी टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले खड्ग स्मृति माद्यामिक बिधालयलाई शैक्षिक उचाईमा पुर्याउन रावलको भुमिका महत्त्वपूर्ण रहेको बताएका छन् । उनले आफ्नो क्षमता अनौपचारिक रुपमा भए पनि बिद्यालयका लागि प्रयोग हुनेमा विश्वास व्यक्त गरे । बिधालयका वर्तमान प्रधानाध्यापक झनकराज ओझाले आगामी दिनमा बिधालयको उचाईलाई थप माथी पुर्याउन लागि पर्ने बताउँदै त्यसमा रावलको सहयोग र समन्वय सधै आवश्यक रहने बताएका छन् ।
नेपाल शिक्षक महासंघ कैलाली जिल्ला अध्यक्ष गणेश राज ओझाले जनशक्ति उत्पादनका हिसाबले सामुदायिक बिधालय आज पनि अगाडि रहेको बताउँदै राज्य शिक्षा प्रति जिम्मेवार हुन नसकेको बताएका छन् । अध्यक्ष ओझाले राज्यको बेवास्ताका कारण उच्च शिक्षा प्रदान गर्ने बिधालय तथा क्याम्पसहरु बन्द हुने स्थितिमा पुगेको बताएका छन् ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष तर्कराज रेग्मी अध्यक्षतामा भएको कार्यक्रममा बिधालयमा कार्यरत शिक्षक बिद्यार्थीहरुले प्रधानाध्यापक रावललाई टीका, माला र खादाले सम्मान सहित बिदाई गरेका थिए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल थापा, टीकापुर नगरपालिका शिक्षा समिती सदस्य जोगी रावल लगायतले बोलेका थिए ।










