शेयेर गर्नुहोस
टीकापुर १७ साउन /
कर्णाली माध्यामिक विद्यालय सत्तिका प्रधानाध्यापक जगविर शाहलाई अभिनन्दनसहित विदाई गरिएको छ । कर्णाली माद्यामिक बिधालयबाट अनिवार्य अवकाश पाएका शाहलाई विद्यालय, पूर्व विद्यार्थी समाज, उज्यालो बहुउद्देश्यीय सहकारी संस्था सत्ति, राममन्दिर सत्ति र कक्षा १२ विद्यार्थीहरुले संयुक्त रुपमा अभिनन्दनसहित विदाई गरेका हुन ।
प्रधानाध्यापक शाहलाई विद्यालयमा भएको औपचारिक कार्यक्रमपछि सत्ति बजार, वेलुवा चौराहा, खक्रौला, वटनपुर सत्ति हुँदै टीकापुर बजारसम्म कारमा राखेर सम्मानस्वरुप परिक्रममा गराइएको थियो । २०५२ सालदेखि कर्णाली माद्यामिक बिधालय सत्तीमा शिक्षण गर्दै आएका शाह अनिवार्य अवकासमा भएपछि उनको तामझामका साथ विदाई गरिएको छ । ३० वर्षे कार्यकालसम्म एउटै विद्यालयमा शिक्षण गरेर विदाई भएका शाहले आफ्नो कार्यकालमा सबैले गरेको सहयोग आफुले काम गर्न सकेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जानेवेला पनि भुल्नै नसकिमे सम्मान पाएको बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं.७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य हरीलाल ज्ञवाली, टीकापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिर्घबहादुर ठकुल्ला, वडा नं. ९ का वडाध्यक्ष लौटन चौधरी, टीकापुर नगरपालिका शिक्षा शाखा अधिकृत नरेश अवस्थि, साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायतले शुभकामना मन्तव्य राखेका थिए । यस्तै सामुदायिक सहकारी संस्था सत्तिका अध्यक्ष पलबहादुर वस्नेत, त्रिभूवन मावि वटनपुरका प्रधानाध्यापक रविन्द्र कठायत, राष्ट्रिय मावि वेलुवाका व्यवस्थापन समिति अध्यक्ष देवबहादुर वुढाथोकी, पूर्व व्यवस्थापन समितिका अध्यक्ष नरेश्वर धमाला, पूर्व विद्यार्थी विनय विक्रम शाहले पनि शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्य राख्ने व्यक्तीहरुले प्रधानाध्यापक शाहले बिधालयलाई माथि उठाउनका लागि धेरै मिहेनेत गरेको र उनको यो कामलाई कहिले र कसैले पनि विर्सन नहुने बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधी ओपेन्द्र खड्काले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यालयका कार्यवाहक प्रधानाध्यापक खुमानन्द ओलीले गरेका थिए ।






