प्रमुखको आनाकानीले लिलामका सवारीसाधन अलपत्र

शेयेर गर्नुहोस


टीकापुर १५ पुस/
टीकापुर स्थित सत्ती भन्सार कार्यालय पछिल्लो सयम कार्यालय प्रमुखको गलत हर्कत बाहिरिएपछि चर्चामा छ ।
भन्सार कार्यालयका प्रमुख विमल कुमार शाहले भारतिय बजारबाट सरकारी नम्बर प्लेटको आफू चढ्ने गाडीमा अवैध रुपमा चारवटा एसी ल्याएको रहस्य बाहिरिएपछी भन्सार कार्यालयले चर्छ पाएको हो । उसो त भन्सार कार्यालयको चालू आर्थिक वर्षको राजस्व संकलनको अवस्थाले पनि कार्यालय प्रमुख शाह माथी प्रश्न चिन्ह उठाएकै थियो । त्यसैम शाह आफैले अवैध सामान भित्र्याउने रहस्य पत्ता लागेपछि भन्सारको राजस्व घट्नुको कारण सहजै अनुमान लगाउन सकिन्छ ।
कार्यालय प्रमुख शाहकै कारण भन्सार कार्यालयम वर्षौदेखि थन्किएकासवारीसाधनको लिलाम नहुँदा ती सवारीसाधन कवाड बन्दै गएका छन् । दुई वर्षभन्दा लामो समयदेखि भन्सार कार्यालयको प्रमुखको रुपमा रहेका शाहले तदारुकता नदेखाएकै कारण भन्सार पुगेका सवारीसाधनको लिलाम हुननसकेको त्यहाँक एक कर्मचारीले बताएका छन् । “हामीले चाहेर लिलाम हुने कुरा भएन । हाकिमले त्यसमा चासो दिनुभएको छैन ।” ती कर्मचारीले भने, “समयमै सवारीसाधनको लिलाम भएको भए त्यसबाट राजस्व राम्रो संकलन हुन्थ्यो ।”
भन्सारमा महिनौं देखि बरामद गरिएको तरकारी अलपत्र छ । त्यस्तो सामानको लिलाम जतिसक्दो छिटो गर्नुपर्ने हो । कार्यालय प्रमुखले नचाहेकै कारण तरकारी कुहिएर नष्ट भैसकेको छ । भन्सार कार्यालयमा त्यस्ता थुप्रै कुराहरू अस्तव्यस्त अवस्थामा छन् । केही दिन अगाडि मात्रै कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले भन्सारको अनुगमन गरेका थिए । भन्सार प्रमुख शाहको एसी काण्ड सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीले शाहको हाजिर विवरण, भन्सारको राजस्वको अवस्था लगायतका विषयको खोजिनिधी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *