प्रोफेसनल सोसाइटी गठन

शेयेर गर्नुहोस


टीकापुर १० माघ /
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी गठन गरिएको छ ।
जीवन विमा कम्पनीका प्रदेश प्रमुखहरुको भेलाले नेपाअ इन्स्योरेन्स प्रोफेसनल सोसाइटी तदर्थ समिती गठन गरिएको हो । जसको अध्यक्षमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सुदुरपश्चिम प्रमुख गणेश साउँद चयन भएका छन् । उपाध्यक्षमा सन नेपालका लक्ष्मीकान्त जोशीलाई जिम्मेवारी दिइएको छ । महासचिवमा आइएमी लाइफका सुमन तिमिल्सिना चयन भएका छन् ।
समितिको सचीवमा नेशनल लाइफमा नवीन किशोर भट्टलाई जिम्मेवारीमा ल्याइएको छ । सिटिजन लाइफका गंगाराम जोशीलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । नेपाल लाइफका दिपक भट्ट, रिलायन्सका चन्द्र विष्ट, लाइफ इन्स्योरेन्सका ललित ऐर र क्रीस्ट माइक्रोफाइनान्स इन्स्योरेन्सका प्रकाश चन्द्र जोशी सदस्यमा चयन भएका छन् । भेलाले सल्लाहकार समिती पनि चयन गरेको छ । जसमा गणेश उप्रेती सानिमा इन्स्योरेन्सबाट, सुर्य ज्योतिबाट मोहन पुरी र प्रभु महालक्ष्मीबाट पदम रानालाई चयन गरिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *