प्लाटिना माइलेज कन्टेस्ट हुँदै

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १२ साउन/
बढदो पेट्रोल पदार्थको अभावले समस्या झेल्दै आईरहेको अवस्थामा जैमिनी अटोमोटिभ्स कम्पनी टीकापुरले प्लाटिना माइलेज कन्टेस्टको आयोजना गर्ने भएको छ ।
विश्वमै मोटरसाइकलको हकमा सबैभन्दा बढी माइलेज दिने प्लाटिना मोटरसाइकलको माइलेज कन्टेस्ट गरिन लागेको हो । प्लाटिना मोटरसाईकलले पेट्रोलको सम्बन्धमा सबै मोटरसाईकलको तुलनामा सबभन्दा अगाडी रही सबै मोटरसाईकल प्रयोग गर्ने प्रयोगकर्ताको मन जित्न सफल भएको बताउँदै जैमिनी अटोमोटिभ्स कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद उपाध्यायले नेपालमै सबैभन्दा बढी प्लाटिना मोटरसाइकल बिक्री गर्ने जैमिनी अटोमोटिभ्स भएको बताएका छन् । भोलि हुन लागेको माइलेज कन्टेस्टको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यायले माइलेज प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार तथा ट्रफी, दोस्रोलाई नगद सात हजार र ट्रफी तथा तेस्रो हुनेलाई नगद पाँच हजार र ट्रफीको व्यवस्था गरिएको बताएका छन् ।
भोलि भानु चोकमा बिहान ८ बजेदेखि प्रतियोगिता आयोजना गरिने बताइएको छ । हंसराज हुलासचन्द एंड कम्पनि प्रा. लि.ले बिगत दुई दसक देखि नेपालमा बजाज ब्रान्डका मोटरसाईकल विक्रि वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *