राष्ट्रिय सम्मेलनको तयारी तीब्र

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १३ साउन /
नेपाल जेसीजको आयोजना तथा टीकापुर जेसीजको आतिथ्यतामा यहीँ भदौ २४ र २५ गतेका लागि तय भएको राष्ट्रिय सम्मेलनका तयारी टीकापुर जेसीजले तीब्र बनाएको छ ।
सम्मेलन कै लागि बिहिवार विभिन्न उपसमितिहरु समेत बनाइएका छन् । कार्यक्रमका मुख्य संयोजक नवराज रावलले जोश र जागरका साथ राष्ट्रिय सम्मेलन सम्पन्न गर्न सबैले लाग्नुपर्ने बताएका छन् । अडियो….
उनले युवाहरूमा पहिलेको जस्तो जागर नदेखिएको बताउँदै राष्ट्रिय सम्मेलनले टीकापुर प्रती बढेको वितृष्णालाई हटाउनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा टीकापुर जेसीजका पुर्व अध्यक्ष राजकुमार हमालले राष्ट्रिय सम्मेलनलाई टीकापुरले एक पर्वको रुपमा लिनुपर्ने बतएका छन् । अडियो…..
उनले सम्मेलनलाई सफलतापुर्बक सम्पन्न गर्नका लागि सिंगो टीकापुरको साथ चाहिने समेत बताएका छन् ।
पुर्व अध्यक्ष टेकराज रेग्मीले जेसीजले गर्ने कार्यक्रम समुदाय केन्द्रित हुनुपर्ने बताउँदै सबैले पाएको जिम्मेवारीलाई प्राथमिकताका साथ निर्वाह गर्न आग्रह गरेका छन् । .. अडियो….
पुर्व अध्यक्ष गणेश साउँदले जेसीजले गर्ने गतिविधि अरुको भन्दा फरक हुनुपर्ने बताउँदै छलफल भन्दा पनि कामलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् । अडियो…. कार्यक्रममा जेसीज वर्ष २०२२ का अध्यक्ष टोप प्रकाश विकले राष्ट्रिय सम्मेलन सफल बनाउनको लागि एक्लैले केही गर्न नसकिने बताउँदै सबैको दाइत्व महत्त्वपूर्ण रहने बताएका छन् । .. अडियो…
जेसीजको राष्ट्रिय सम्मेलनका लागि बिहीबार बसेको बैठकले विभिन्न उपसमितिहरु गठन गरिएको हो । जसमा अतिथि सत्कार संयोजकमा बलराम चौधरी, स्टल तथा परिसर व्यवस्थापन संयोजकमा झलनाथ खनाल, साइड भिजिट उपसमिति संयोजकमा चक्र सोडारी, सांस्कृतिक तथा झाकी व्यवस्थापन उपसर्ग संयोजकमा जीवन गौचन, यातायात व्यवस्थापन उपसमिति संयोजकमा दिपक बराल, प्राथमिक उपचार उपसमिति संयोजक पदम बहादुर शाही, अनुगमन तथा मुल्यांकन उपसमिति संयोजकमा प्राध्यापक डा. जगतबहादुर सिंह रावललाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *