प्लास्टिकला माला बिक्रीवितरणमा रोक

शेयेर गर्नुहोस


टीकापुर ०६ कार्तिक /
तिहार नजिकिँदै जाँदा टीकापुर नगरपालिकाले यसवर्ष प्लास्टिकका माला बिक्रीवितरणमा रोक लगाउने तयारी गरेको छ ।
सोमबार एक सुचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फुल माला बिक्रीवितरणमा रोक लगाउने जानकारी दिएको हो । नगरपालिकाले चालू आर्थिक वर्षको निति तथा कार्यक्रमबाट स्वदेशी उत्पादन फूलका मालालाइ प्रोत्साहन गर्न र प्लाष्टिक जन्य सामाग्रीको न्यूनिकरण गर्न भारतबाट भित्रिने प्लाष्टिकका फूलमालालाई निरुत्साहित गरि आयात तथा विक्रिवितरणमा रोक लगाउने नीतिअनुसार नगरपालिका अगाडि बढ्ने सुचनामा भनिएको छ ।
नगरपालिका भित्र रहेका व्यापार व्यावसायी तथा सम्पुर्ण नगरवासीहरुले आउँदै गरेको महान चाड शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला र पुष्प सामाग्री विक्रिवितरण तथा प्रयोग नगर्न/नगराउन हुन सम्बन्धित सबैको जानकारी गराइएको भन्दै सूचनालाई अटेर गरे नियमानुसार भइजाने सुचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले प्लास्टिकका मालामा प्रतिबन्ध लगाउने भएसँगै पुष्प व्यवसायीहरु भने उत्साहित भएका छन् । भारतबाट आयातीत प्लास्टिकका मालाले उत्पादन भएको सयपत्री फुलमा मालाले बजार नपाउने भएपछि बर्सेनि चिन्तित हुँदै आएका पुष्प व्यवसायी नगरपालिकाले सार्वजनिक गरेको सुचना कार्यान्वयनको पक्षमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *