फुटबलका दुबै उपाधी टीकापुरलाई

शेयेर गर्नुहोस

टीकापुर ०३ पुस /
बर्दगोरियामा आयोजित जिल्लाव्यापी छात्र/छात्रा विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधीमाथि टीकापुरका दुईवटा विद्यालयले हासिल गरेका छन् ।
प्रतियोगिताको उपाधीमा टीकापुरस्थित खड्ग मेमोरियल इंग्लिस बोर्डिङ स्कुलले छात्रतर्फ र कर्णाली माध्यमिक विद्यालय, टीकापुरले छात्रातर्फको उपाधी जितेका हुन ।
बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २१ गतेदेखि सञ्चालित प्रतियोगितामा छात्रतर्फ भएको फाइनल खेलमा खड्ग मेमोरियलले घोडाघोडी नगरपालिका देउकलियास्थित राष्टिय माध्यमिक विद्यालयलाई ३/२ गोलअन्तरले पराजित गर्दै उपाधी जितेको हो । छात्रतर्फ जिल्लाका ३२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
छात्रातर्फ फाइनल खेलमा टीकापुरस्थित माउण्ट सैपाल इन्टरनेशनल एकाडेमीलाई टाइबे्रकरमा रोक्दै टीकापुरकै कर्णाली माध्यमिक विद्यालयले उपाधी उचालेको हो ।निर्धारित समयमा दुबै विद्यालयले कुनै पनि गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलअवधिभर निकै प्रतिस्पर्धी रहेको माउण्ट सैपालले टाइब्रेकरमा कर्णालीले ४-३ गोलअन्तरले पराजित गर्दै उपाधी उचालेको हो । छात्रातर्फ १६ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
छात्रतर्फ उपाधी बिजेता खड्ग मेमोरियलले ५१ हजार नगद, प्रमाणपत्र, टफी पुरस्कार प्राप्त गरेको छ । विद्यालयका खेलाडी नितेश रावल बेस्ट डिफेन्स र शिक्षक हेमराज क्षेत्री बेस्ट कोचका रुपमा पुरस्कृत भएका छन् ।
उता, छात्रातर्फ उपाधी बिजेता कर्णालीले समेत नगद ५१ हजार रुपैयाँसहित प्रमाणपत्र, टफी पुरस्कार प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *