फ्लेक्स प्रिन्ट सञ्चालनमा

शेयेर गर्नुहोस

टीकापुर १५ मंसिर /
तीनजना युवा व्यवसायीहरूको संयुक्त लगानीमा टीकापुर फ्लेक्स प्रिन्ट सञ्चालनमा आएको छ ।
युवा व्यवसायीहरु गणेश शाही, अनिल कोइराला र बिर्ख बिष्टको संयुक्त लगानीमा फ्लेक्स प्रिन्ट सञ्चालनमा आएको हो । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले फ्लेक्स प्रिन्टको एक समारोहकाबिच आइतबार उद्घाटन गरेका छन । उद्घाटन गर्दै अध्यक्ष खड्काले लगानीको समय छैन भन्नेहरुका लागि युवा व्यवसायीहरुको लगानीले सकारात्मक सन्देश दिएको बताएका छन् । उनले टीकापुरमा लगानी भित्रिनु सुखद कुरा भएको बताउँदै सबैले व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए ।
टीकापुर नगरपालिका वडा नं. १ अस्पताल रोड नजिकै फ्लेक्स प्रिन्ट सञ्चालन गरिएको छ । सञ्चालक मध्येका बिर्ख बिष्टले फ्लेक्स प्रिन्ट सञ्चालनमा करिव २० लाख रुपैयाँ लगानी भएको बताए । उनले सेवासुविधा थप गर्दै लैजाने योजना रहेको जानकारी दिए । 
उद्घाटन समारोहमा बोल्दै सञ्चालक मध्येका अर्का गणेश शाहीले आर्थिक पक्षलाई मात्रै ध्यान नदिएर सामाजिक पक्षलाई समेत मजबुत बनाउने उद्देश्यका साथ सुरु गरिएको बताएका छन् । उनले आफ्नै ठाउँमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने उद्देश्य समेत रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *