बजार अनुगमन हुनुपर्ने भन्दै नगरपालिकाको ध्यानाकर्षण

शेयेर गर्नुहोस


टीकापुर १२ असोज /
चाडपर्व नजिकिँदै जाँदा पनि बजारको अनुगमन हुन नसकेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल नगर समितले टीकापुर नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
लामो समयदेखि टीकापुर बजारको अनुगमन हुन नसकेकाले चाडवाडका बेला हुने कालोबजारी मूल्यदबृद्धि र गुणस्तरहिन सामानको बिक्री बितरण रोक्न, बजारको अवस्था थाह पाउन, तत्काल बजार अनुगमन गर्नुका साथै खाने तेलको मूल्य बढेको र केही दिन यता मूल्य घटेका तेलको खुद्रा बिक्री मूल्य अनुगमन गरिदिन टीकापुर नगरपालिकालाई अनुरोध समेत गरेको छ । त्यस्तै टीकापुर बजारमा हमेशा पेट्रोलको अभाव भैरहने पेट्रोल पम्पमा पेट्रोल नपाइने तर बजारका किराना पसलबाट बोतलमा महँगो दरमा पेट्रोल किन्नु परिरहेकाले पेट्रोल पम्पबाट मात्रै पेट्रोल पाउने र अभाव हुन नदिने व्यवस्था मिलाउन, टीकापुरका उपभोक्ताले केराको खुद्रा मूल्य अत्याधिक तिर्नु परेको, विषादी प्रयोग गरेर पकाएको केरा खानु परेकोले युक्त केरा खानु परेकोले केराको थोकमूल्य र खुद्रामूल्य बीचको अन्तर मिलाउन र टीकापुरमा बनेको केरा पकाउने च्याम्बर सञ्चालनमा ल्याई स्वच्छ वस्तु प्रयोग गर्न पाउने उपभोक्ता अधिकारको प्रत्याभूत गर्न आवश्यक व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
मञ्चले दशैको बेला माछा मासुको उपभोग बढ्ने तर विक्रीस्थल सुरक्षित नभएको र जहाँ पायो त्यही काटमार भैरहेका असुरक्षित रुपमा चोकमा, काठको खोकामा भैरहेका मासु बिक्री बन्द गराउन र मापदण्ड अनुसारका पसलहरु मात्र सञ्चालन गराउने व्यवस्था मिलाउन, बजारमा चल्ने रिक्शाहरु व्यवस्थित गर्न, सामुदायिक कुकुरहरुको संख्या बढ्दै गएकाले समयमै व्यवस्थापन गर्न टीकापुर नगरपालिकाको विपद् व्यवस्थापन शाखालाई अनुरोध गरिएको छ । साथै तिकुनियाबाट गुणस्तरहिन तेल लगायतका सामान आइरहेकोले यसको नियमन गर्न र टीकापुर बजारमा रहेका व्यवसायीहरुले पनि बिक्रीमूल्य उचित राखी प्रतिश्पर्धी बन्न व्यवसायीहरुलाई आग्रह गर्ने लगायत १२ बुदामा निर्णय गर्दै सो निर्णय नगरपालिकालाई बुझाइएको समितीका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *