बढ्दै छ खानेपानी भित्रको किचलो

शेयेर गर्नुहोस

टीकापुर २२ मंसिर /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा देखिएको किचलो मत्थर नहुने स्थितिमा पुगेको छ ।
राजनीतिक गन्ध संस्थामा देखिन थालेपछि कार्यभार सम्हालेको दुई तीन महिना नहुँदै एकाअर्कालाई लगाउने आरोपप्रत्यारोप बढ्दै गएको छ । यतिबेला दलगत गन्ध खानेपानीमा देखिन थालेको छ । खासगरी निर्वाचनको समयमा भएको गठबन्धन जस्तै व्यवहार व्यवस्थापन समितिमा गएका पदाधिकारीले गर्न थालेका छन् ।
आइतबार मात्रै खानेपानी संस्थाका सचीव सहित दुईजना सदस्यले सल्लाहकार नियुक्ति तथा लेखा समिति संयोजक र सदस्यहरुको नियुक्ति एकलौटी र पूर्वाग्रही ढंगले गरेकोमा माइनुटमा नोट अफ डिफेन्स लेख्दा पनी त्यसलाई अस्वीकार गरी एकलौटी ढंगले गरिएका निर्णयहरुप्रती आपत्ति जनाएका छन् ।
संस्थाका सचिव प्रकाश खड्का, सदस्य बमबहादुर ओली र जाल्पा भट्टराईले संयुक्त प्रेस बिज्ञाप्ति नै जारी गरी आपत्ति जनाएका हुन । उसरी उनीहरू तीनजना नेकपा एमालेले त्यसबेला घोषणा गरेका उम्मेदवार भित्रबाट निर्वाचित पदाधिकारी हुन । काँग्रेस र तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीको प्यानलबाट निर्वाचित अध्यक्ष सहित अन्य पदाधिकारी एक ठाउँमा छन् ।
संस्थाका तीनजनाले प्रकाशित गरिएको बिज्ञाप्तिमा भनिएको छ, “संस्थामा पारदर्शीता, सुशासन कायम र उपभोक्तालाई सहुलियत खानेपानी दिलाउनु साटो उपभोक्ताहरुले निर्वाचित गराएर पठाएकाहरुको समेत अपमान हुनेगरी गरिएका निर्णयहरु, फरक मत राख्नेहरुप्रती गरिएको व्यवहार र आधिकारीक माइनुट संस्थाका सचिवसँग हुँदाहुँदै अर्को माइनुट बनाई हामीलाई थाहा नदिई गरिएका यस्ता निर्णयहरुमा असहमती रहेको जानकारी गराउँदै सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ।”
संस्थाका अध्यक्ष सहितका ६ जना कार्यसमितिका पदाधिकारीले बहुमतका आधारमा सल्लाहकार समिती र लेखा समिती गठन गरेका थिए । त्यसबेला पनि सचिव खड्काले सामाजिक संजाल मार्फत असहमति जनाएका थिए । सचीव खड्काको अध्यक्ष र कोषाध्यक्षसँग बढ्दै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *