बधाई तथा शुभकामना कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर ०२ पुस /
त्रिपथ विद्या निकेतनको शुभकामना तथा बधाई कार्यक्रम सोमबार सम्मान भएको छ ।
विद्यालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चाैधरीलाई एक कार्यक्रमका बीच बधाई तथा शुभकामना व्यक्त गरेको थियो । शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै राज्यमन्त्री चाैधरीले कोरोना कालमा बन्द अवस्थामा रहेको विद्यालयलाई पुनः संचालनमा ल्याउँदा विभिन्न आरोह अभ्रह खेप्नु परेको बताए । उनले आज भन्दा ३०-३५ वर्ष अगाडि टीकापुरमा टाडाटाडाबाट शिक्षा हासिल गर्न आउने गरेको बताउँदै टीकापुरलाई टीकापुर नगरी भन्दा पनि शैक्षिक नगरीको टीकापुर भन्ने चिन्ने गरेको समेत बताएका छन्
शुभकामना तथा बधाई कार्यक्रममा उनले शिक्षालाई सुधार गर्न अत्यन्तै जरुरी रहेको बताउँदै टेक्नोलोजीको जमानामा सामाजिक संजालबाट धेरै कुराको ज्ञान लिन सकिने समेत बताएका छन् । कार्यक्रममा विद्यालयका संस्थापक सदस्य दोय मनिष बलायर र चेतन कडायतले चाैधरीलाई बधाई तथा शुभकामना समेत दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत विष्टको अध्यक्ष्ातामा भएको कार्यक्रम संचालन प्रिन्सिपल मानबहादुर थपाले गरेका थिए र स्वागत कक्षा सातकी छात्रा जयन्ती विष्टले गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *