बाँकी कम पूरा गर्न मेरो उम्मेदवारी : डा. रावल

शेयेर गर्नुहोस


टीकापुर ३० कार्तिक /
प्रदेश सभा सदस्य तर्फका कैलाली क्षेत्र नं.१ प्रदेश “ख” का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. रणबहादुर रावलले पहिलो कार्यकालमा टीकापुरलाई जिबन्त राख्नको लागि निकै प्रयासहरु भएको बताउँदै ती प्रयासहरुलाई संस्थागत गरी कार्यान्वयन गर्नका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । “शिक्षा, स्वस्थ्य, सुरक्षा, भौतिक पुर्वाधार, कृषि र पर्यटनको क्षेत्रमा थुप्रै कामहरू सुरु भएका छन् । त्यसको नतिजा आउन बाँकी छ ।” डा. रावलले भने, त्यो नतिजाका लागि यसक्षेत्रको सक्षम पात्रको रुपमा जनताले मलाई विश्वास गर्नेछन् ।”
उनले टीकापुरको विकासका लागि हिजोका दिनमा कस्को भुमिका कहाँ कति रह्यो भन्ने कुराको मुल्यांकन जनताले गरेको बताउँदै अधुरा कामहरूलाई पूरा गरी टीकापुरलाई वास्तविक रुपमा समृद्ध टीकापुर बनाउनका लागि जनताले बाम लोकतान्त्रिक गठबन्धनलाई विश्वास गर्ने बताएका छन् । “आज जुन मुद्दा उठिरहेका छन् । ती मुद्दालाई किनारा लगाउनका लागि काम धेरै अगाडि बढाएका छौं । त्यो जनतालाई राम्रोसँग थाहा छ ।” डा. रावलले भने, “हामी सक्छौं र भन्छौं । किनभने हिजो पनि भनेका कयौं कुराहरूलाई पूरा गरेका छौं । त्यो विश्वास जनताले महसुस गरेका छन् ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *