बाघको आक्रमणबाट घाइते

शेयेर गर्नुहोस


टीकापुर २४ चैत /
टिकापुर नगरपालिकामा बाघको आक्रमणबाट एक घाईते भएका छन ।
पालिकाको वडा नं. ८ श्रीलंकाका एक युवा बाघको आक्रमणबाट २७ वर्षका पवन आउजि शुक्रबार बिहान साढे १० बजे आक्रमण गरेको बताइएको छ । घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीयको भनाइ रहेको छ । घाइते आउजिको दायाँबायाँ हात र बायाँ कानमा चिथोरेको एक स्थानीयले जानकारी दिए ।
बाघले आक्रमण गर्दा होहल्ला भएकोले बाघ जंगल पसेको बताइएको छ । नेपाल भारत सिमा नजिकैको १००र ९८ पिलर नजिक आक्रमण गरेको बताइएको छ । बाघले मान्छे आक्रमण गरेको जानकारी पछि त्यहाँ स्थित शसस्त्र प्रहरी बलले घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको जानकारी दिएको छ । साथै विओपि श्रिलंकाले वरिपरिको क्षेत्रमा परिचालन भइ स्थानीयलाई सचेत रहनका लागि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *