बाढीमा बगेका बालकको शब भेटियो, दुई अझै बेपत्ता

शेयेर गर्नुहोस

टीकापुर, साउन १५
बाढीमा बगेर बेपत्ता भएका बालकको शव भेटिएको छ । भजनी नगरपालिका–८ जनकपुरका ९ वर्षका स्केल चौधरीको शव आज भेटिएको हो । 

उनको शव गाउँ भन्दा डेढ किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा भेटिएको स्थानीय चेतमान खत्रीले जानकारी दिएका छन । उनको शवलाई नेपाली सेनाको टोलीले उद्दार गरेको छ । उनी हिजो बिहान घर नजिकैबाट बाढीमा बगेर बेपत्ता भएका थिए ।भजनी नगरपालिका वडा नं. ८ सुनाहाफाँटाबाट बाढीमा बगेर बेपत्ता अन्य दुई जनाको अवस्था भने अझै अज्ञात छ । प्रहरीका अनुसार सोही ठाउँका ४२ वर्षका इश्वर शाही र ३३ वर्षका चक्र विक अझै बेपत्ता छन । उनीहरुको समेत खोजी कार्य भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *