बाढी पहिरोले साढे ४ हजार बढी रोपनी जमिनमा क्षति

शेयेर गर्नुहोस

 
समाधान समाचार,
अछाम १७ भाद्र/
अछाममा गत साउन १३ गते र भदौ २ गते आएको अविरल बर्षासंगैको बाढी पहिरोले साढे ४ हजार बढी रोपनी जमिनमा क्षेती पुगेको बिवरण सार्वजनीक भएको छ ।
रामारोशन गाउँपालीका लगायत अन्य ४ ओटा स्थानीय तहमा गरीएको अनुगमनमा जिल्लामा ४ हजार ५ सय अर्थात ४२.१२ रोपनी जमीनमा क्षती पुगेको कृर्षी ज्ञान केन्द्र अछामले तथ्यांक सर्बजनिक गरेको हो।रामारोशन गाउँपालीका, मंगलसेन नगरपालीका, साँफेवगर नगरपालीका, बान्नीगढी जयगढ गाउँपालीका, चौरपाटी गाउँपालकामा ज्ञान केन्द्रले गरेकोे अनुगमनमा ७ हजार ५ सय २० क्विन्टल उत्पादित बस्तु बाढी पहिरोले नष्ट गरेको कृर्षी ज्ञान केन्द्र अछामका निमित्त प्रमुख छपेन्द्र प्रशाद शर्माले जानकारी दिएका छन।उनले २५ करोड ८१ लाख ४ हजार ८ सय २० रुपैया बराबरको खाध्य बस्तु नष्ट गरेको बताउदै रामारोशन गाउँपालीकामा खेतीयोग्य जमिनमा सबै भन्दा बढी क्षेती पुगेको बताएका छन।
रामारोशन गाउँपाललीका लगायत अन्य स्थानीय तहमा १ हजार १ सय ७६ जना घरपीवार पिडीत भएको तथ्याङमा उल्लेख गरीएको छ । निमीत्त प्रमुख शर्माले आफुहरुले तथ्याङ संकलन गर्न पनी निकै समस्या भएको र केही स्थानीयतहको क्षेती आउने क्रम जारी रहेकाले अझै क्षेतीको बिवरण बढ्ने सक्ने समेत बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *