शेयेर गर्नुहोस
खेमराज पाण्डे, भजनी ०५ फागुन /
जिल्लाको भजनीमा माेफा जापान वर्ल्ड भिजन जापानको आर्थिक सहयोग वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत सामाज (CSSD)धनगढी कैलालको संयुक्त साझेदारीमा संचालित समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं. ३, ५ र ७ मा वडा स्तरिय बाढी पूर्वतयारी नमूना उद्धार अभ्यास सम्पन्न भएको छ।
नमूना उद्धार अभ्यासमा वडा स्तरिय विपद व्यवस्थापन समिति, खोज तथा उद्दार कार्यदल, पूर्व सूचना कार्यदल, प्राथमिक उपचार कार्यदल, बडघर भलमन्सा, सामुदायिक विपद व्यवस्थापन समिति र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गुलारियाघाट, इलाका प्रहरी कार्यालय पृथ्वीपुर लगाएतको सहभागितामा भएको थियो।
जसको उद्देश्य पूर्वानुमानमा आधारित बाढीको पूर्वतयारी गरी क्षति न्यूनिकरणमा स्थानिय सरकार वडा तथा पालिका र समुदायको भूमिका विषयकमा उक्त अभ्यासको गरिएको थियो।
जसमा पूर्व सचेतना कार्यदलले ३ चरणको सुचना गर्ने, समुदाय सुरक्षित प्रभावित क्षेत्र बाट सुरक्षित स्थानमा अवतरण हुने र त्यस घटनामा घाइते प्रभावित लाई खोज तथा उद्धार कार्यदलले उद्धार गर्ने र उद्धार गरिएको घाइतेको प्राथमिक (सेवा) गर्न रामे प्राथमिक उपचार कुपन गरेको छ। नगरपालिका पालिकाको बाढी नमूना उद्धार अभ्यासमा भजनी नगरपालिकाका प्रशासन अधिकृत , नेपाल रेडक्रस सोसाइटी उपशाखा भजनी, विपद् व्यवस्थापन समिति,वडा स्तरिय विपद् व्यवस्थापन समिति,भजनी क्षेत्रमा रहेका (CADRE TEAM) तालिमको सहजीकरण तथा खैरा समुदायको सहभागितामा सम्पन्न भएको कार्यक्रममा श्रीलाल पोख्रेल, सुरेन्द्र ठगुल्ला, टिकाराम खड्काले उक्त नमूना अभ्यासको सहजीकरण भएको थियो र कार्यक्रम संचालन CSSD का सामाजिक परिचालक फागुराम चौधरीले गर्नु भएको थियो।