बालबालिकालाई न्यानो कपडा वितरण

शेयेर गर्नुहोस


टीकापुर १६ माघ /
टीकापुर नगरपालिका वडा नं.७ भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
नगरपालिकाको वडा नं. ७ को आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकालाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो । बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित आउने वातावरण सिर्जना गर्न र चिसो याममा बालबालिकालाई न्यानो होस् भन्ने उद्देश्यका साथ न्यानो कपडा वितरण गरिएको छ ।
वडा नं.७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कपडा वितरण कार्यक्रममा वडा सदस्य राजकुमार चौधरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो । वडा नं. ७ भित्र बसोबास गरी विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत कुल दुई सय एकजना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको जनाइएको जनाइएको छ ।
न्यानो कपडा वितरण गरिएका विद्यालयहरूमा सेती मैयाँ चौधरी माध्यमिक विद्यालय झुङ्गा, भानुभक्त आधारभूत विद्यालय खक्रौला, कर्णाली माध्यमिक विद्यालय सत्ती तथा जनता राष्ट्रिय माद्यामिक बिधालय बैदी रहेका छन् ।
चिसो मौसममा विद्यार्थीहरूलाई राहत पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
कपडा वितरण कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले स्थानीय सरकारले आफ्नो स्रोतले भ्याएको कामहरू गर्दै आएको बताउँदै आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई बिधालयबाट कुनै कारणले बञ्चित हुन नपरोस् भन्ने उद्देशले यस्ता कार्यक्रम नियमित गर्दै आएको बताएका छन् । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई वडाले प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए । आधारभूत तहसम्मको शिक्षा सरकारले नै नि:शुल्क र अनिवार्य गरेको बताउँदै वडा अध्यक्ष न्यौपानेले सबै बालबालिकालाई पढ्न पाउने हक संविधानले नै प्रदत्त गरिदिएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *