बालबालिकालाई स्वअध्यन सामग्री वितरण

शेयेर गर्नुहोस


समाधान समाचार, साउन ०३ /
कैलालीमा बाल कल्याण संघले एक हजार ५ सय २४ जना विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरेको छ । संघले विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकालाई अध्ययनमा सहयोग पुगोस् भनी वल्डभिजनको आर्थिक सहयोगमा स्वअध्ययन सामग्री वितरण गरेको हो । संघले कैलालीका ४ स्थानिय तह टीकपुर नगरपालिकाका कक्षा १-५ सम्मका २५० जना बालबालिका, भजनी नगरपालिकाका ४९९ , घोडाघोडि नगरपालिकाका बालबिकास देखि कक्षा ३ सम्मका ६३३ जना र कैलारी गांउपालिकाका बालबिकास देखि कक्षा ३ सम्मका १४२ जना बालबालिका गरि कुल १५२४ जना बालबालिकालाई स्वअध्ययन सामग्रि बितरण गरिएको बाल कल्याण संघ टीकापुरका कार्यक्रम ब्यवस्थापक सुगम रेग्मीले जानकारी दिनुभयो।
कोरोना महामारीले बिधालयहरु बन्द रहेका र बालबालिकामा पढ्ने बानी हराउंदै गएकाले उनिहरुमा पढ्ने बानी र सिकाई को बिकास र निरन्तरता रहिरहोस भन्ने उदेश्यले स्वअध्ययन सामग्रि बितरण गरिएको ब्यवस्थापक रेग्मिले जानकारी गराउनु भयो। बाल बिकास देखि कक्षा ५ सम्मका बिधार्थिहरुलाई स्वअध्ययन पुस्तक, कापि, कलम, ईरेजर र कलर पेन्सिल उपलब्ध गराईएको छ। यसले बिधार्थिहरुमा घरमै रहेको अवस्थामा पनि पढ्ने बानिको बिकास हुने अपेक्षा लगेको संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *