बिज वृद्धिको २० औं साधारण सभा

शेयेर गर्नुहोस

टीकापुर १८ मंसिर /
बिज वृद्धि कृषक सहकारी संस्था लिमिटेडको २० वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष बिजय कुमार कठरियाको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख धनश्याम चौधरी रहेका थिए ।
सहकारीले गत आर्थिक वर्ष २०८१/०८२ को १० करोड २९ लाख २२ हजार तीन सय १८ रुपैयाँ ५६ पैसा बराबरको आयव्यय प्रस्तुत गरेको छ । सहकारीले लेखापरीक्षणको प्रतिवेदनमा ७० लाख १३ हजार ९ सय ३० रुपैयाँ ९३ पैसा बैंक मौज्दात देखाएको छ भने ४८ हजार ८३ रुपैयाँ ३७ पैसा नगद मौज्दात देखाएको छ ।
सहकारीले उत्पादन गरेको वस्तुको खरिदबिक्रीमा सबैभन्दा महत्त्वपूर्ण सहयोग गरेको भन्दै ग्रीण एग्रो सेन्टर धनगढीलाई सम्मान गरेको छ । सेन्टरले आर्थिक वर्ष २०८१/०८२ मा ३२ लाख ३१ हजार तीन सय ५० रुपैयाँको कारोबार सहकारीसँग गरेको थियो । त्यसैगरी उत्कृष्ट बचततर्फ दिव्या कठरियालाई पनि सम्मान गरेको छ । त्यसैगरी बीउ उत्पादनमा उत्कृष्ट तीन किसानलाई समेत सहकारीले सम्मान गरेको छ ।
सहकारीका व्यवस्थापक गोविन्द राज रावतले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष दिलिप कुमार रावतले गरेका थिए ।

ताजा खबर

भजनीमा प्याब्सन कप सुरु

कञ्चनपुरमा नेकपाका तीन उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *