शेयेर गर्नुहोस
टीकापुर ०१ पुस /
टीकापुर स्थित सप्तऋषी माद्यामिक बिधालयले बिधालयमा माद्यामिक तहमा अध्ययनरत बिद्यार्थीहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गराएको छ ।
बिधालयले साथी अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क स्वस्थ्य परिक्षण गराएको हो भने, निमेष सामुदायिक अस्पताल कञ्चनपुरको प्राविधिक सहयोगमा सिकलसेल एनेमिया रोगको नि:शुल्क परिक्षण गराइएको हो । साथी अस्पतालमा कार्यरत डा. बिपुल भट्ट र निमेष सामुदायिक अस्पतालमा कार्यरत डा. फुलराम चौधरीले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत प्रधानाध्यापक लिखराम चौधरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्लस टु संयोजक शिवराम चौलागाईंले गरेका थिए ।
सिकलसेलको नमुना संकलनमा एक सय ७ जना बिद्यार्थीको नमुना संकलन गरिएको छ भने सामान्य स्वास्थ्य परिक्षण शिविरमा भने दुई सय ५३ जना बिद्यार्थीले सेवा लिएका छन् ।










