बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

शेयेर गर्नुहोस


भजनी ०५ साउन /
अखिल समाजवादी विप्लव निकट विद्यार्थी संगठनले अपाङ्गता भएका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
जोशीपुर गाउँपालिका वडा नं. १ मोहन्याल माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै अपाङ्गता भएका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । जोशीपुर गाउँपालिका अन्तर्गत रहेका २३ वटा सामुदायिक विद्यालयका ६७ जना अपाङ्गता भएका विधार्थीहरु शैक्षिक सामग्री वितरण गरिएको छ । अखिल समाजवादीका केन्द्रिय सचिवालय सदस्य लोकेश जोशीको बिशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ ।
कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी, रघुनाथ आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त महतो, जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश थारु, मुक्त कमैया प्राथमिक विद्यालयका प्रधानाध्यापक श्याम देव कुश्मी, अखिल समाजवादीका बवरजंग सिंह, विभिन्न विधालयका शिक्षक प्रतिनिधि विधार्थी, लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *