बिधालयले गर्यो जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रम

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १८ जेठ /
त्रिभुवन माध्यमिक बिधालय टीकापुर नगरपालिका वडा नं. ८ बटनपुरले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रमको आयोजना गर्दै बधाई दिएको छ ।
बिधालय व्यवस्थापन समितीका अध्यक्ष टेकबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाह रहेका थिए भने विशिष्ट अतिथि वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला रहेका थिए । कार्यक्रममा नगर उपप्रमुख शाहले शैक्षिक क्षेत्रको विकास हुनसके मात्रै अन्य क्षेत्रमा गरेको लगानीले सार्थकता पाउने बताउँदै विकासको मुख्य आधार स्वस्थ्य र शिक्षा भएको बताएका छन् । उनले आफुहरु भरखरै नगरपालिकाको नेतृत्वमा आएको बताउँदै जनताले गरेको अपेक्षाअनुसारको काम एकै चोटि पूरा नहुनेभन्दै जनताको विश्वासलाई मर्न नदिने बताएका छन् ।
जितबहादुर चौधरीले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक रवीन्द्र कठायत, पुर्व बिधालय व्यवस्थापन समिती अध्यक्ष मीन बहादुर कठायत, योगेन्द्र साउँदले बधाई मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *