किर्तिम अभ्यासका लागि अभिमुखिकरण

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १७ जेठ /
नेपाल वाढि उत्थानशिल परियोजना अन्तरगत बाढीको कृत्रिम अभ्यासका लागि अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
जेड जुरिक फाउन्डेसनको आर्थिक सहयोग प्रावाटिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) बाके द्वारा संचालित नेपाल बाढि उत्थानशिल परियोजना अन्तरगत टीकापुर नगरपालिकाका नगर समिति र कार्यदललाई एक दिने बाढीको कृत्रिम अभ्यासका लागि अभिमुखिकरण सम्पन्न भएको हो । सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) बाकेका कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले कार्यक्रम बारे प्रकाश पार्दै विगत ८ वर्ष देखि टीकापुर नगरपालिका क्षेत्रमा काम गर्दै आइरहेको बताएका थिए ।
उनले सन २०१४ देखि २०१८ सम्म पहिलो फेजमा रहि काम गर्दै आएको समेत बताएका छन् । कार्यक्रम संयोजक ठगुन्नाले पहिलो फेजको कार्यक्रममा २१ वटा समुदायलाई लछित गरि फरकफरक परियोजनामा रहि काम गरेको बताएका छन् । उनले दोस्रो फेजको कार्यक्रममा स्रोत र साधनको अभावका कारणले गर्दा नगरपालिका क्षेत्रका ५ वटा समुदायमा मात्र कार्यक्रम गर्दै आएको बताएका छन् ।
उनले अहिले सम्म टीकापुर नगरपालिका भित्र ५ वटा उच्च भवन निर्माण गरिसकेको समेत जानकारि दिएका छन् ।
त्यस्तै कार्यक्रम संयोजक ठकुन्नाले संचालित अभिमुखिकरण कार्यक्रम विशेष गरि आउदो जुन ५ तारिख अर्थात जेठ २२ गते विश्व वातावरण दिवसलाई लछित कार्यक्रम रहेको बताउदै दिवसका दिन आफुले काम गर्ने ५ वटा पालिका ७९ समुदायलाई विश्व वातावरण दिवसलाई सबैको क्षेत्रबाट भव्य रुपले मनाउन आग्रह समेत गरेका छन् । उनले आफुले काम गर्ने क्षेत्र जानकि गाउँपालिकाका १३ समुदाय, गेरुवा गाउँपालिकाका १५ समुदाय, राजापुर नगरपालिकाका २५ समुदाय र टीकापुर नगरपालिका २१ समुदायमा बाढीको कृत्रिम अभ्यासका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भइसकेको समेत बताएका छन् ।
टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारुको अध्यक्ष्ातामा भएको कार्यक्रममा बोल्दै थारुले गत वर्ष बेमौसममा आएको बाढि सम्पुर्ण नगरवासि त्रशित भएको बन्दै उक्त बाढिका कारण ठुलो क्षति हुन पुगेको बताए । उनले वर्सात समय शुरु हुन लागेको बताउदै बाढि पहिरो भन्ने कुरा प्राकृति प्रकोप भित्र पर्ने भएका कारण बाढि पहिरो कति खेर आउछ त्यसको कुनै सिमा नभएका कारण त्यसका लागि सम्पुर्ण मानिस तयारि अवस्थामा रहन समेत आग्रह गरेका छन् ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) बाँकेकि अन्जु चाैधरीले संचालन गरेको कार्यक्रमको सहजीकरण प्रावाटिकल एक्सनका रमेश गाैतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *