बिधालय मात्रै छन् : शिक्षक दरबन्दी छैन

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०४ पुस /
कैलालीमा बिद्यार्थी र बिधालयको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माद्यामिक तहमा बिधालय संख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव देखिएको हो ।
जिल्लामा सामुदायिक तर्फ माद्यामिक तहसम्मको पठनपाठन हुने बिधालय संख्या एक सय ७४ छ । संस्थागत मिलाएर तीन सय १२ बिधालयले माद्यामिक तहसम्मको पठनपाठन गराउँदै आएका छन् । माद्यामिक तहमा कैलालीमा शिक्षक दरबन्दी भने एक सय ४४ जनाको मात्रै छ । एक माद्यामिक बिधालयमा पाँच जनाको दरबन्दी रहनुपर्ने भए पनि कैयौं बिधालयमा दरबन्दी नै छैनन् ।
अधिकांश बिधालयको पठनपाठन राहत र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकको भरमा भैरहेको छ । जिल्ला शिक्षा समन्वय इकाई धनगढी कैलालीका सुचना अधिकारी राजेन्द्र भट्टका अनुसार जिल्लामा माद्यामिक तह राहत कोटामा दुई सय २१ जना शिक्षक कार्यरत छन् । शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको नियुक्ति स्थानीय तह मार्फत नै हुने भएकोले जिल्लामा एकिन तथ्यांक नभएको उहाँले बताउनुभयो ।
२०७४ सालपछि स्थानीय तहले माद्यामिक तहसम्मका बिधालयको संख्या बढाउँदै लगेका कारण बिधालयको संख्या बढेको उहाँको भनाइ छ । बिधालय संख्या बढे पनि स्वीकृत दरबन्दी नबढेको भट्ट बताउनुहुँन्छ । “यो स्वीकृत दरबन्दी पुरानो भयो । अहिले दरबन्दी स्वीकृत गर्ने कुनै आधार छैन र भएको पनि छैन ।” उहाँ भन्नुहुन्छ, “राहत, अनुदानमा नियुक्त भएका शिक्षकहरुबाट पनि पठनपाठनको काम भैरहेको छ । शिक्षक अभावकै कारण पठनपाठनमा अवरोध कतै भएको छैन ।”
उसो साविकको उच्च मावि तहमा ४३ अस्थायी दरबन्दी जिल्लामा कायम गरिको छ । त्यसमा ८७ जनाले राहत अनुदान कोटा मार्फत अध्यापन गराइरहेको सुचना अधिकारी भट्टले जानकारी दिनुभएको छ । जिल्ला शिक्षा समन्वय इकाइको तथ्यांक अनुसार आधारभूत तहमा तीन सय ७६ बिधालय जिल्लामा रहेका छन् । त्यसमा दुई सय ९ जनाको दरबन्दी छ । तीन सय ६८ जना राहत अनुदानमा कार्यरत रहेको भट्टले बताउनुभयो ।
माद्यामिक तहसम्मको पठनपाठनको सबै जिम्मेवारी स्थानीय तहको मातहतमा भए पनि दरबन्दी कायम गरेर अनुसार शिक्षक व्यवस्थापनमा गर्ने विषयमा अन्योल छ । कैलालीकै टीकापुर नगरपालिकामा १२ माद्यामिक तहसम्म पठनपाठन भैरहेका बिधालय छन् । सातवटा बिधालयमा मात्रै शिक्षक दरबन्दी छ । त्यसमा १४ जना स्थायी शिक्षक कार्यरत छन् ।कतिपय बिधालयमा एकजनाको दरबन्दी छ ।
पाँचवटा बिधालय माविको दरबन्दी छैन । दरबन्दी नभएका अधिकांश बिधालयमा राहत र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकले बिधालयको पठनपाठन धानेका छन् ।नगरपालिका भित्र माविमा २१ जना शिक्षक राहत अनुदानमा कार्यरत छन् भने शिक्षण सिकाइ अनुदानमा ११ जना शिक्षक कार्यरत रहेको नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिनुभएको छ । उहाँका अनुसार समुदाय बिधालयमा कक्षा १० मा ९ सय ९८ जना अध्ययनरत रहेका छन् ।
नगरपालिकामा निमावि दरबन्दी २२ जनाको रहेको छ । राहत अनुदानमा २५ जना कार्यरत छन् भने तीन जना अनुदानमा रहेको शिक्षा अधिकृत अवस्थीले बताउनुभयो । नगरपालिकाले निमाविमा नगर अनुदानमा ४१ जना शिक्षक नियुक्त गरेको छ । प्राविमा नगरपालिका भित्र ९३ जनाको दरबन्दी रहेको छ । ४६ जना राहतमा कार्यरत छन् भने नगर अनुदानमा ३२ जना कार्यरत रहेका छन् । उहाँले राहत र अनुदानका शिक्षक नभए शैक्षिक गतिविधि सञ्चालन गर्न नसकिने बताउनुभयो ।
नगरपालिकाले नगर अनुदानमा नियुक्त गरेका शिक्षकको पारिश्रमिक भने निकै न्यून रहेको छ । शिक्षा अधिकृत अवस्थीले दिएको जानकारी अनुसार निमाविमा कार्यरत शिक्षकले मासिक २० हजार र प्राविको लाई मासिक १८ हजार तलबभत्ता नगरपालिकाले दिँदै आएको छ । “तलबभत्ता निकै कम छ । कार्यालय सहयोगीको मासिक १९ हजार पुग्छ भने प्रावि नगर अनुदानमा अध्यापन गराउने शिक्षकले १८ हजार पाउछन् ।” शिक्षा अधिकृत अवस्थी भन्नुहुन्छ, “पारिश्रमिक कम भएका कारण पछिल्लो समय शिक्षक पाउन नै मुस्किल हुन थालेको छ । त्यसैमा राहत र संघीय अनुदानले अभाव पुर्ती गरेको छ ।”
उता भजनी नगरपालिकामा पनि अवस्था त्यस्तै छ् । त्यहाँ माद्यामिक तहसम्म पठनपाठन हुने ११ बिधालय छन् । जहाँ सातजनाको दरबन्दी छ । अझै ९ वटा बिधालयमा त स्वीकृत दरबन्दी नै छैन । नगरपालिकामा राहत अनुदानमा १५ जना शिक्षक कार्यरत रहेका छन् । शिक्षण सिकाई अनुदानमा १७ जना नियुक्त भएका छन् भने १४ जना नगरपालिकाले नगर अनुदान मार्फत नियुक्त गरेको शिक्षा अधिकृत पंखबहादुर शाहले जानकारी दिनुभयो । भजनीमा दुई सय ८४ जना बिद्यार्थी कक्षा १० मा अध्ययनरत रहेका छन् ।
बिधालयको संख्याको आधारमा शिक्षक दरबन्दी निकै न्यून हुँदा अधिकांश सामुदायिक बिधालय राहत अनुदान र शिक्षण सिकाइ अनुदानका भरमा सञ्चालन भैरहेका छन् । अझै अङ्ग्रेजी, गणित र बिज्ञान विषयमा सरकारले उपलब्ध गराउँदै आएको शिक्षण सिकाई अनुदान रकम रोकिने बित्तिकै कैयौं माद्यामिक बिधालय बन्द हुने स्थितिमा पुग्ने सम्भावना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *