शेयेर गर्नुहोस
टीकापुर ०४ असार /
जानकी गाउँपालिका वडा नं. ९ खैरिफाटा स्थित अरुणोदय माद्यामिक बिधालयको नयाँ व्यवस्थापन समिती चयन गरिएइको छ ।
बिधालयको व्यवस्थापन समितिको अध्यक्षमा हीरालाल भाट चयन भएका छन् । सामाजिक क्षेत्रमा सक्रिय भाटको कार्यकालले बिधालयको उचाईलाई थप माथी उठाउने विश्वास गरिएको छ । त्यस्तै बिधालय व्यवस्थापन समितिको सदस्यमा प्रेम भाट, सुशिला चौधरी, सर्मिला जनाला, लोपा विक, बुद्दि दाहाल, खकेन्द्र भण्डारी,मोहन भण्डारी र सदस्य सचीवमा कपिल राज भाट चयन भएको प्रधानाध्यापक कपिल राज भाटले जानकारी दिएका छन् ।