बैंक र अस्पतालको समन्वयमा उपचारमा छुट

शेयेर गर्नुहोस


टीकापुर ०८ पुस/
एनएमबि बैंक र साथी अस्पताल टीकापुर बिच बिरामीहरुलाई छुट दिने सहमती भएको छ ।
साथी अस्पतालका प्रबन्धक निर्देशक नगेन्द्र बहादुर शाहीले एनएमबी बैंकमा कारोबार भएका ग्राहकहरु र कर्मचारीहरुको मोबाईल बैंक, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका प्रयोग कर्ताहरुले साथी अस्पतालबाट छुट पाउने बताएका छन् । दीर्घ बिरामीहरुले पटक पटक चेकजाँच गराउनु पर्ने भएकाले त्यस्ता बरिामीलाई अस्पतालले न्यूनतम शुल्कमा सेवा दिने व्यवस्था गरिएको छ ।
एनएमबि बैंक टीकापुरका शाखा प्रबन्धक रमेश प्रसाद भाट र धनगढी शाखा प्रबन्धक अमन जोशीले अस्पताललाई बैंकसंग जोड्ने र बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्य गर्ने बताएका छन् । उनले एनएमबि बैंक टीकापुर शाखाका ६ हजार, र देश भरिका करिब १७ लाख भन्दा धेरै ग्राहक रहेका र सबैले साथी अस्पातलबाट यो सेवालिन सक्ने गरी सम्झौता गरिएको छ । शाखा प्रबन्धक भाटले अस्पातलले ओपीडी सेवा, गर्भवती जाँच, पुरै शरीर जाँच, ल्याब सेवा र अन्य सेवामा अधकितम २५ प्रतशितदेखि न्युनतम ५ प्रतशित छुट पाउने बताए । साथै यो सुविधा आगामी दुई बर्ष लागु हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *