भजनि नपामा अन्तरास्ट्रिय अपांगता दिवस मनाइयो

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी १८ मंसिर /
भजनी नगरपालिकामा २९ औँ अन्तर्राष्ट्रिय अपागंता दिवस मनाइएको छ ।
भजनी नगरपालिकाकी उप–प्रमुख तथा महिला, बालबालिका तथा समाजकल्याण उपशाखा संयोजक छायाँ देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरी लगायत सम्पूर्ण वडाका वडा अध्यक्षहरु र भजनीका विभिन्न अपागंता समूहको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै भजनी प्रशासन शाखा अधिकृत चन्द्रदेव भट्टले अपागंता भएका व्यक्तिहरुले पनि सबल व्यक्तिझैँ काम गर्न सक्ने भन्ने कुरामा जोड दिएका छन् । त्रिवेणी अपांगता समाजले आफ्ना केही एजेन्डाहरु पनि राखेको थियो । कार्यक्रममा महिला शाखा संयोजक रिजु चौधरीले शाखाकोतर्फबाट कार्यपत्र पनि पेस गरेकी थिईन्े ।
कार्यक्रममा खुल्ला छलफलमा अपांगता भएका व्यक्तिहरुले आ– आफ्नो समस्या राखेका थिए ।
नगरपालिकाकी उप–प्रमुख देवकोटाले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समाजमा अरु सरह हेर्ने वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसका लागि नगरपालिकाले जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताएकी छन् । उनले आगामी संरचनाहरु निर्माण गर्दा अपाङ्गमैत्री बनाउनेमा नगरपालिकाले काम गरिरहेको बताएकी छन् ।
भजनी नगरपालिका कार्यपालिका सदस्य कमला ज्ञवालीले भजनीमा भैरहेका अपांगता मैत्रीपूर्ण भवनहरु नभएको गुनासो गरेकी छन् । भजनीमा अहिलेसम्म रातो कार्ड पाउने ५३, निलो २ सय ३९, पहेँलो १ सय ६ र सेतो कार्ड पाउनेहरुमा १ सय ५१ गरी जम्मा ५ सय ४९ ले अपांगता परिचयपत्र पाएका छन् ।
भजनी नगरपालिका निमित्त प्रशासकीय अधिकृत हरिराम चौधरीले अपांगता भएका व्यक्तिहरुको लागि वडा र नगरपालिकाबाट नियमले दिएअनुसार र नगरपालिकाले सकेअनुसार काम गरेको र गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमको रिजु चौधरीले सञ्चालन गरेकी थिईन् ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *