भजनीमा पुनः बाढी , स्थानिय हुलाकी फर्किन थाले

शेयेर गर्नुहोस


समाधान समाचार
भजनी २६ साउन /
आइतबार राती देखि परेको अविरल बर्षाका कारण भजनी नगरपालिकाको पुनः डुबान सुरु भएको छ।
पछिल्ला दिनमा पानी कम हुँदै गएपछी हुलाकी राजमार्गको साहारामा त्रिपाल मुनि बस्दै आएका स्थानीय घर फर्कने क्रम सुरु गरेका थिए। पुनः बाढी आएसंगै घर फर्केका नागरिकहरु हुलाकी राजमार्गमा आउन थालेका छन। बाढीको पानी बढ्दै जादा पशुचौपाया सहित स्थानिय नागरिक हुलाकी राजमार्गमा फर्किन थालेको स्थानिय जयराज ढुंगानाले जानकारी दिएका छन। उहाँला अनुसार वडा नं.२,३,५,७ र ८ बढी जोखिममा देखिएका छन।अहिले सम्म भजनी नगरपालिका वार्ड नं.८ सोनाफाटा खल्ला टोल मा ४० घर परिवार , काढाँढिक ५२ घर र कृष्णनगर २५ घर हुलाकीमा आइ सकेका छन। अन्य स्थानबाट समेत नागरिक हरु हुलाकी राजमार्ग आउन सुरु भएको ढुंगानाले जानकारी दिएका छ्न। बर्षा नरोकिएको हुदा जोखिम उच्च रहेको भन्दै तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह समेत गरिएको छ।
साउन १४ गते आएको बाढीका कारण हजारौं परिवार विस्थापित हुनुका साथै तीन जनाले ज्यान समेत गुमाएका थिए। बाढिका कारण हजारौं बिघामा लगाएको धान बाली नस्ट हुनुको साथै हुलाकी राजमार्ग पुर्ण रुममा अबरुद्ध भएको छ।

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *